• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

महासंघ चुनावमा ट्विस्ट : ३ पूर्वअध्यक्ष र भावी अध्यक्षको साथ किशोर प्रधानलाई

64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  १८:२६
1140x725

विराटनगर - विराटनगरको बिग होटलको सभा हलमा ‘हाम्रो अभियान सक्षम नेतृत्व, सशक्त महासंघ’ भन्ने एउटा ब्यानर टाँगिएको थियो। ब्यानरमा लेखिएको थियो नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार किशोरकुमार प्रधानको उमेद्वारी घोषणा सभा। 

टाँगिएको ब्यानरमा एकापट्टि उम्मेद्वार प्रधानको तस्बिर थियो भने अर्कोतर्फ महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको। यो तस्बिरको अर्को संयोग के भने दुवै व्यवसायी विराटनगरबाटै उदाएका थिए।

यो तस्बिरसँगै महासंघको आगामी चैतमा हुने नेतृत्व चयनको निर्वाचनमा नयाँ 'ट्विस्ट' आउने निश्चित भएको छ। चैतको महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष गोल्छा स्वत: अध्यक्ष हुनेछन्। गोल्छासँगै वरिष्ठ उपाध्यक्षमा अघिल्लो पटक प्रतिस्पर्धा गरेका प्रधान अहिले गोल्छाकै बलमा वरिष्ठ उपाध्यक्ष उठ्नेछन्। 

प्रधानको उमेद्वारी घोषणाले महासंघ चुनावी सरगर्मीलाई एकै पटक तताइदिएको छ। महासंघको चुनावी दौडमा आफूलाई बलियो देखाउन प्रधान समूहले पूर्वअध्यक्षहरुसहित अहिले यूवा व्यवसायीको ठूलो टोलीलाई सँगै राखेको थियो। प्रधानको उमेदवारी सभामा दुई पूर्वअध्यक्ष कुशकुमार जोशी र बिनोदबहादुर श्रेष्ठसहित निवर्तमान अध्यक्ष पशुपति मुरारका सहभागी थिए। मुराकालाई महासंघको चुनावी खेलाडीको रुपमा हेरिन्छ।

यसको पनि कारण छन्। आफू अध्यक्ष भएपछि विधान नै संशोधन गरेर भवानी राणालाई स्वत: अध्यक्ष उनले नै बनाएका थिए भने गोल्छालाई अध्यक्ष बन्न रचिएको विधान संशोधनको खेल उनैले टुंग्याइदिएका थिए। जसकारण शेखर चैतपछि स्वतः महासंघको अध्यक्ष बन्दैछन्। 

गोल्छालाई चैतमा अध्यक्ष बन्न रोक्नका लागि तयार गरिएको विधान संशोधनको खेलपछि तयार भएको बलियो समूहले अहिले प्रधानलाई अघि सारेको छ।

यसको अलावा मञ्चमा नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल सहभागी थिए। 

वस्तुगततर्फको उपाध्यक्षमा उमेदवारी दिने तयारीमा रहेको अञ्जन श्रेष्ठको समेत प्रधानको उमेद्वारी सभामा उपस्थिति थियो। वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्थाकै कारण महासंघको निर्वाचनमा सबैको ध्यान वरिष्ठ उपाध्यक्ष पदमा हुनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेको उपाध्यक्ष नै ३ वर्षपछि महासंघको अध्यक्ष हो। निर्वाचनको सयम नजिकिँदै जादाँ व्यवसायीहरुबीच चुनावी रौनक सुरु भइसकेको छ। बागलुङ लगानी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा अर्का उपाध्यक्ष चन्द्र ढकालले उम्मेद्वारी दिएका थिए। ढकाललाई प्रधानले विराटनगरबाट 'काउन्टर' दिएका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षको चुवानी माहोल अब झन्डै दुई महिनासम्म रहनेछ। प्रधानको उमेद्वारीसँगै अहिले महासंघमा स्वत: वरिष्ठ उपाध्यक्ष बन्ने र ३ वर्षपछि महासंघको नेतृत्व लिने व्यवसायी ढकालको योजनामा पनि केही धक्का लागेको छ। 

अब ढकालले सहजै वरिष्ठ उपाध्यक्ष बन्ने वातावरण पनि बिग्रिएको छ। यसको एउटै कारण हो, स्वतः अध्यक्ष हुने गोल्छा, निर्वतमान अध्यक्ष मुरारका, पूर्व अध्यक्ष जोशी र श्रेष्ठको प्रधानलाई सहयोग। 

महासंघको चुनावमा ५० प्रतिशत हिस्सा ओगट्ने जिल्ला/नगरतर्फको महत्वपूर्ण हिस्सा ढकालको पक्षमा छ। उनले पछिल्लोपटक आयोजना गरेका दुईवटा रात्रिभोजमा उनीहरुको उपस्थितिले पनि यसको संकेत देखिएको छ। यसमा महासंघका अर्का पूर्वअध्यक्ष चण्डिराज ढकालको महत्वपूर्ण योगदान छ। 

पूर्वअध्यक्ष ढकाल महासंघमा आफ्नो बर्चश्व कायमै राख्न चन्द्र ढकाललाई जसरी पनि जिताउने अभियानमा छन् भने त्यसलाई रोक्न पूर्वअध्यक्षहरुको अर्को टोली अघि सरेको छ। 

यद्यपि महासंघको राजनीति परम्परागत नरहेकाले 'भोट स्विङ'को पर्याप्त संभावना रहेको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा डिजे बजाउन निषेध
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ?
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मोरङमा डिजे बजाउन निषेध मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड मंगलबार, साउन १२, २०८३
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्