• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

९५ प्रतिशत काम सकियो, असारमा पानी काठमाडौं आउँछ : मन्त्रालय

64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  १८:०२
1140x725

काठमाडौं- आगामी असार मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ।

बिहीबार मेलम्ची खानेपानी विकास समितिद्वारा जारी गरिएको श्वेतपत्र सार्वजनिक गर्दै खानेपानी मन्त्री बिना मगरले यस्तो बताएकी हुन्। 

माघ मसान्तसम्मको विवरणअनुसार आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत भएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए।

वि. स‌ं. २०५५ मै सुरू भएको आयोजना हालसम्म सम्पन्न हुन सकेको छैन। चालू आर्थिक वर्षको अन्त्यमा मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने लक्ष्य राखिएको खत्रीले बताए। 

सरकारले चालू आवको नीति तथा कार्यक्रममा असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो।

सोही लक्ष्यअनुरूप मेलम्चीको पानी काठमाडौं ल्याइने भन्दै बिहीबार खानेपानी मन्त्रालयले श्वेतपत्र जारी गरेको जनाएको छ।

श्वेतपत्र अनुसार आयोजनामा २८ अर्ब १३ करोड खर्च भइसकेको छ भने आयोजनाको कुल लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको छ। 

काठमाडौं उपत्यकाबासीको मुख्य चासोको विषय रहेको मेलम्ची खानेपानी आयोजनाले धेरैलाई निराश बनाएकोमा अब भने त्यो निरासा आशामा बदलिन लागेको मन्त्री मगरले बताइन।

nimb
nimb
Ncell 2
Ncell 2

‘मेलम्ची अब आशामा बदलिँदैछ,’ उनले भनिन्, ‘सम्झौता अवधि अगावै असार मसान्तसम्ममा पानी ल्याउने गरी काम भइरहेको छ।’

अहिले काठमाडौंबासीले २ प्रतिशत मात्र प्रशोधित पानी पिउन पाइरहेकोमा मेलम्ची आएपछि त्यो स्वतः बढ्ने मन्त्री मगरको भनाइ छ। 

०७५ मंसिर २९ मा इटालियन कम्पनी सिएमसीले आयोजना छोडेपछि ११ महिना अलपत्र परेको आयोजनाको काम गत कात्तिकबाट सुरू भएको थियो।

आयोजनाको बाँकी कामलाई दुई भागमा बाडेर अघि बढाइएको थियो। सुरूङ फिनिसिङ र हेडवर्क्स निर्माण दुवैको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएर काम गरिरहेको छ। 

कम्पनीले सुरूङ फिनिसिङको ठेक्का १२ महिनामा सम्पन्न हुने गरी र हेडवर्क्स निर्माणको काम १५ महिनामा सम्पन्न गर्ने गरी गत असोजमा ठेक्का सम्झौता गरेको थियो।

तर समयसीमा अघि नै कफर ड्याम बनाएर पानी ल्याउने गरी काम भइरहेको आयोजनाले दाबी गरेको छ। 

सम्झौताअनुसार टनेलको काम असार मसान्तसम्ममा र हेडवर्क्सको काम पुस मसान्तसम्ममा सक्ने सम्झौतामा उल्लेख छ।

सम्झौतामा समयमै काम सके बोनस र क्षतिपूर्तिको व्यवस्थासमेत गरिएको छ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षको अन्त्यसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो।

त्यही अनुरुप असारसम्म प्रशोधन केन्द्रमा पानी ल्याउने र त्यसको तीन महिनाभित्र पानी वितरण गरिसक्ने लक्ष्य राखिएको छ।

पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।

अहिलेसम्म के–के भयो?
२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे।

सोही घोषणालाई मूर्त रूप दिन सरकारले २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गर्‍यो।

समिति गठन भएको तीन वर्षपछि २०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो।

निर्माण सुरू भएको १८ वर्ष बितिसक्दा पनि मेलम्चीको पानी काठमाडौं आउन सकेको छैन।

आयोजना सुरू हुँदा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो।

तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो।

त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। त्यसैको प्रभाव स्वरुप काठमाडौंबासीको मेलम्चीको पानी पिउने चाहना दुई दशक वित्न लाग्दा समेत पूरा भएको छैन।  

मेलम्ची खानेपानी विकास समितिका अनुसार सरकारले ऋण सर्त पूरा गर्न नसकेपछि एडिबीले थप ऋण दिन र सुरुङमार्ग निर्माणको अनुमति दिएन।

२०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो।

२०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो।

अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो।

२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो।

ठेक्काअनुसार, २०७३ मा काम सक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। २०७२ को भूकम्पपछि करिब एक वर्ष मेलम्चीको काम ठप्प रह्यो। नाकाबन्दीको समयमा पनि काम भएन।

त्यसअघि २०७१ मा नदीबाट गिट्टीबालुवा झिक्न नदिने सरकारको निर्णयविरुद्ध आन्दोलन हुँदा पनि काम प्रभावित भएको थियो। ठेकेदार कम्पनी र मजदुरका कारणले समेत मेलम्चीको काम वेलावेलामा अवरुद्ध बनेको थियो।  

जसले गर्दा सिएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार, २०७५ फागुन ३ गते सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मा सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो।

११ महिना काम काम ठप्प भएपछि गत असोजमा आयोजनालाई दुई भागमा बाँडेर ठेक्का लगाइएको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोले अहिले आयोजनाको काम गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा डिजे बजाउन निषेध
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ?
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मोरङमा डिजे बजाउन निषेध मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड मंगलबार, साउन १२, २०८३
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्