काठमाडौं- सवारी उपभोक्ताको रोजाइमा एसयुभी ‘फ्लेवर’का कार नै पर्ने गरेको छ। यसको प्रमाणका रुपमा नेपालमा सवारी आयात गर्दै आएका सबैजसो ब्रान्डले कुनै न कुनै रुपमा मिनी एसयुभी, कम्प्याक्ट/क्रसओभर एसयुभी, मिड साइज एसयुभी, प्रिमियम एयुभी उपलब्ध गराउँदै आएका छन्। त्यस्तैमध्येको एक ब्रान्ड सुजुकीले नेपाली बजारमा मिनी एसयुभीदेखि क्रसओभर एसयुभीसम्म बिक्री गर्दै आएको छ।
यी नै एसयुभीहरुको भीडमा सुजुकीको एसक्रसले आफूलाई अब्बल क्रसओभर एसयुभीको रुपमा प्रस्तुत गरेको छ। डिजाइन, सुविधा, कम्फर्ट, सुरक्षा तथा माइलेजले सहरी तथा अफरोड बाटोमा यात्रा गर्नेहरुका लागि सुजुकी एसक्रस उपयुक्त विकल्पको रुपमा रहेको छ।
सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले २०१९ को नाडा अटो शोमा एसक्रसको नयाँ भर्सन सार्वजनिक गरेको हो। नेपाली उपभोक्ता एसक्रसबारे त्यसअघि नै जानकार छन्। नयाँ भर्सन सार्वजनिक हुनु २/३ वर्ष पहिलेदेखि एसक्रस नेपाली सडकमा गुड्दै आएको थियो।
फेसलिफ्टको रुपमा २०७५ भदौमा आएको सुजुकी एसक्रम हाइब्रिड भर्सन हो। यो क्रसओभर एसयुभीले सेगमेन्टकै सबैभन्दा धेरै माइलेज दिन्छ। एसयुभी फ्लेवरको गाडी रोज्नेका लागि सुजुकी एसक्रस उपयुक्त विकल्पको रुपमा आएको छ। आधुनिक प्रविधिसहितको स्मार्ट हाइब्रिड यो गाडीका विभिन्न विशेषताहरु छन्।
इन्जिन
सुजुकी एसक्रसमा १२ सय ४८ सिसी इन्जिन रहेको छ। ४ सिलिन्डिर रहेको यो इन्जिनले ४ हजार आरपिएममा ८९ बिएचपी पावर र १७ सय ५० आरपिएममा २ सय एनएम टर्क जेनेरेट गर्छ।
.jpg)
विशेषता
एसक्रसमा एलइडी डिआरएलसहित प्रोजेक्ट लाइट, आइडल-स्पट स्टार्ट, टर्क असिस्ट, ब्रेक इनर्जी रिजेनेरेसन सिस्टम, गेयरसिफ्ट इन्डिकेटरलगायत विशेषता उपलब्ध रहेको छ।
एसक्रस फेसलिफ्टमा इन्टेरियर थप आकर्षक बनाइएको छ। ड्यासबोर्ड नयाँ छ, नयाँ टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सिस्टम रहेको छ।
सुरक्षा विशेषताहरुमा डुअल एयरब्याग, इबिडीसहित एबिएस, आइएसओ फिक्स चाइल्ड सिट, रेयर पार्किङ सेन्सर र रेयर क्यामेरा समेत रहेको छ। त्यस्तै अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्टप्ले, पुस वटन स्टार्ट, रेन सेन्सिङ वाइपरलगायत विशेषता समेत उपलब्ध छ।
.jpg)
डाइमेन्सन
एसक्रसको वाइड १७ सय ८५ एमएम, लेन्थ ४३ सय एमएम, हाइट १५ सय ९५ एमएम रहेको छ। यो कारको ह्विलवेस २६ सय एमएम रहेको छ। एसक्रममा १ सय ८० एमएमको ग्राउन्ड क्लियरेन्स छ भने बुट स्पेस ८ सय १० लिटर छ। गाडीको ग्राउन्ड क्लियरेन्सले पनि स्पष्ट पार्छ कि यो सामान्यतया अफ रोडमा जान समेत सहज हुनेछ।
माइलेज
सुजुकी एसक्रसले आफ्नो सेगमेन्टकै उत्कृष्ट माइलेज दिन्छ। स्मार्ट हाइब्रिड विशेषता रहेको यो कारले १ लिटर इन्धन खपत गर्दा २५ किलोमिटरभन्दा बढी माइलेज दिने एआरएआईले सर्टिफाइड गरेको छ।
मूल्य
एसक्रस डेल्टा हाइब्रिड ४२ लाख ९९ हजार रुपैयाँ
एसक्रस जिटा हाइब्रिड ४५ लाख ९९ हजार रुपैयाँ
एसक्रस अल्फा हाइब्रिड ४८ लाख ९९ हजार रुपैयाँ
लक्षित उपभोक्ता
सुजुकी एसक्रस सबै उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। सहरी र सामान्य ग्रामिण बाटोमा समेत यात्रा गर्नेका लागि एसक्रस उपयुक्त भएको सिजी मोटोकर्पका सिनियर म्यानेजर (मार्केटिङ) करुण शाक्यले बताए।
.jpg)
‘विशेषतः सुजुकी एसक्रस दोस्रो कारका रुपमा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। पहिलो कार ह्याचब्याक वा अन्य कुनै प्रयोग गरेर आउने उपभोक्ताले एसक्रस नै रोज्दा उपयुक्त हुन्छ,’ शाक्यले भने, ‘यो कार सहरी तथा ग्रामिण दुवै बाटोका लागि सुहाउने गरी डिजाइन गरिएको छ।’
स्मार्ट हाइब्रिड प्रविधिका कारण राम्रो माइलेज पाइने भएकाले सहरमा कामकाज गर्ने र बेला बेलामा अफरोड यात्रा गर्न माइलेज, पर्फमेन्स तथा ग्राउन्ड क्लियरेन्स सबै हिसाबले एसक्रस उपयोगी रहेको उनको दाबी छ। ‘अहिलेसम्म जोजसले एसक्रस खरिद गर्नुभएको छ उहाँहरु सबै सन्तुष्ट हुनुहुन्छ,’ शाक्यले भने, ‘एसक्रस प्रयोगकर्ता सकारात्मक प्रतिक्रयाले हामीलाई उत्साहित बनाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।