• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कहाँ पुग्यो उपत्यकामा ‘स्मार्ट सिटी’ योजना ? 

           यस्ता सुविधासहित बन्ने छन् नयाँ ४ नगर
64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  ०६:३०
1140x725
तस्बिर क्रेडिट:सटरस्टक/फोर्ब्सइण्डिया

काठमाडौं- उपत्यकामा बन्ने ४ नयाँ नगर (स्मार्ट सिटी) योजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। डीपीआर भौतिक विकास समितिमा पेश भइसकेको र छिट्टै मन्त्रिपरिषद्मा पेश गरिने प्राधिकरणले जनाएको छ। 

‘हामीले ४ वटै स्मार्ट सिटीका डीपीआर भौतिक विकास समितिमा पेश गरिसकेका छौँ, एक पटक छलफल पनि भइसकेको छ। समितिले पुनः छलफल गरी मन्त्रिपरिषदमा पेश गर्नेछ। त्यसपछि हामी नयाँ नगर निमार्णको काम सुरु गर्छौँ’ प्राधिकरणका प्रशासकीय अधिकृत केशव न्यौपानेले नेपाल लाईभसँग भने। 

प्राधिकरणले ४ वटै सहरको डीपीआरका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गरी जिम्मेवारी दिएको थियो। 

सबैभन्दा ठूलो स्मार्ट सहरको डीपीआर तयार गर्ने जिम्मा फिनल्याण्डको हेलेन एण्ड जेके एशोसियट्स् कम्पनीले पाएको थियो। 

अन्य काठमाडौं, भक्तपुर र ललितपुर ३ जिल्लामा बन्ने साना सहरको डीपीआर तयार गर्ने जिम्मा भने नेपाली कन्सल्टेन्ट कम्पनी टेक र ईआरएमसीले पाएका थिए। 

यी हुन् चार ‘स्मार्ट सिटी’ 

१.इशान 

सरकारले तयार गर्न लागेको सबैभन्दा ठूलो नयाँ सहर (स्मार्ट सिटी)को ‘इशान’ नामकरण गरिएको छ। काठमाडौंको उत्तरपूर्वदेखि भक्तपुरसम्म रहेको यो सहर १ लाख रोपनी क्षेत्रफलमा फैलने छ। नगरकोट जाने सडक, तेलकोट, गोठाटार, जोरपाटी, मूलपानी  हुँदै मनोहरा पुलसम्म रहनेछ। उत्तरमा साँखु र साँखु जाने मूलसडकतिर फैलिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. ‘उत्तर’ सहर

काठमाडौंमा तयार गर्न लागिएको अर्को नयाँ सहरको नाम ‘उत्तर सहर’ राखिएको छ। काठमाडौंको उत्तरी भेगतिर फैलने हुँदा नाम नै उत्तर राखिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रशासकीय अधिकृत केशव न्यौपानेले बताए। 

यो सहर १० हजार रोपनीमा फैलिनेछ। सामाखुसीदेखि टोखा हुँदै बाइपाससम्म पूर्वी सीमाना तोकिएको छ। 

पश्चिममा काभेस्थली र उत्तरमा मालुङहुँदै पुनः काभे्रस्थलीसम्म जोडिएको छ। महादेव खोला आसपाससम्म यो सहरको क्षेत्र तोकिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३. आग्नेय

भक्तपुर जिल्लामा निर्माण गर्न लागिएको नयाँ सहरको नाम आग्नेय राखिएको छ। १० हजार रोपनीमा फैलने यो सहर भक्तपुरको सूर्यविनायक नगरपालिका, खहरे खोला, बालकोट, विरुवा, थिमी हुँदै अरनिको राजमार्गसम्म रहेको छ। 

४.नैऋत्य

ललितपुर जिल्लामा तयार गरिने नयाँ सहरको नाम नैऋत्य राखिएको छ। यो सहर पनि १० हजार रोपनीमा फैलिएको छ। यो ललितपुरको खोकना, बुङमति, सैँबु हुँदै चोभारसम्मको क्षेत्रमा फैलनेछ। 

नयाँ सहरमा के-के छन् पूर्वाधार ? 

व्यवस्थित सहरीकरणलाई जोड दिन सरकारले अघि सारेको न्यू टाउन योजनाले अव्यवस्थित सहरीकरणलाई न्युनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। 

नयाँ सहरभित्र जथाभावी जग्गा किनबेच गर्ने शैली रहने छैन। स्वच्छ वातावरणका लागि घरसँगै प्रशस्त खुल्ला क्षेत्र, हरियाली क्षेत्र, पार्क, पोखरी रहने छन्। 

आधारभूत सहरी पूर्वाधार

नयाँ सहरमा आधारभूत सहरी पूर्वाधार पुर्‍याउने हिसाबले खानेपानी, बिजुली, बजार, शिक्षा, स्वास्थ्यमा विशेष जोड दिइएको छ। त्यस्तै ढल निकास तथा फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिनेछ। 

सहरमा टनेल, केबल स्ट्रिट ब्रिज, ड्यामलगायत साइकल ट्रयाकसहितसडक पूर्वाधार रहने छन्। 

‘हामीले न्यू टाउनमा करिब ३ किलोमिटर बराबर एक सेक्टर छुट्याएका छौँ, एक सेक्टरमा एउटा खुल्ला पार्क रहने व्यवस्था गरिएको छ’ इन्जिनियर रञ्जित शाहले भने। 

उनका अनुसार सहरमा घरैघर मात्रै हुँदा अव्यवस्थित बन्दै गएकाले खुल्ला क्षेत्रलाई नयाँ सहरमा प्राथमिकतामा राखिएको हो। सकेसम्म एउटा सहरमा एउटा तलाउसमेत निमार्ण गर्ने योजना सरकारले अघि सारेको छ

आवासीय तथा औद्योगीक क्षेत्र तोकिने

सहरभित्र आवासीय, औद्योगीक तथा व्यवासायीक क्षेत्र तोकिनेछ। 

सुरक्षित तथा व्यवस्थित वसोबासका लागि छुट्टाछुट्टै क्षेत्र तोकिने प्राधिकरणले जनाएको छ। आबश्यकताअनुसार व्यवसायीक तथा औद्योगिक क्षेत्रमा निजी क्षेत्रले लगानी गर्न सकिने उल्लेख गरिएको छ। 

सम्भावित जोखिममाथि पूर्व सर्तकता

नयाँ सहरका लागि छुट्याइएका क्षेत्रमा बाढी, पहिरो, डुवानलगायत सम्भावित जोखिममाथि पूर्व सतर्कता अपनाइने प्राधिकरणले जनाएको छ। 

‘बाढी, पहिरो, डुबान हुन सक्ने खोलाका छेउछाउलगायत सम्भावित जोखिमयुक्त स्थानमा आवास नराखिने इन्जिनियर शाहले बताए। 

‘हामीले सम्भावित जोखिमयुक्त स्थानमा पहिले नै अध्ययन गरेर मात्रै आवासीय क्षेत्र तोक्छौँ, बाढी, पहिरोको जोखिम रहेका क्षेत्रमा आवास नबनाउन सुरुमै सचेत गरिन्छ।’ 

सम्भावित लागत कति ? 

स्मार्ट सिटी (नयाँ सहर) निमार्णका लागि करिब ५ खर्ब लागत लाग्ने अनुमान गरिएको छ। 

प्राधिकरणका प्रशासकीय अधिकृत केशव न्यौपाने भन्छन्, ‘सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको इशान सहर निमार्णका लागि करिब ४ खर्ब लागत लाग्ने अनुमान छ, र अन्य ३ वटा सहरका लागि एक खर्ब अनुमान गरिएको छ।’ 

लागत सरकार तथा निजी क्षेत्रको लगभग बराबरी नै हुन आउने उल्लेख गरिएको छ। भौतिक विकास समितिले पनि आर्थिक विश्लेषणसहित पुनः छलफलको तयारी गरेको छ। 

उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गा पैmलिने ४ नयाँ सहर ५ वर्ष भित्रमा तयार गरिसक्ने सरकारको लक्ष्य छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्