काठमाडौं- घरायसी विद्युतीय उपकरणमा ख्याति कमाएको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी ब्रान्डले देशभर दोस्रो चरणको रोड शो आयोजना गर्ने भएको छ।
दोस्रो चरणको रोड शो कार्यक्रमअन्तर्गत हेटौंडा-४ स्कुलरोडमा माघ २६ गते रोड सो कार्यक्रमको आयोजना गरिएको रोड सो कार्यक्रमका संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए।
पश्चिमका जिल्लामा पहिलो चरणको रोड शो सकेर २६ गतेदेखि हेटौंडा हुँदै पूर्वका प्रमुख सहरमा रोड सो कार्यक्रमको आयोजना गर्न लागिएको चौधरीले जानकारी दिए।
रोड शोमा एलजीका उत्पादनबारेमा जानकारी गराउने र उपकरणबारे जानकारी गराउने उद्देश्य रहेको संयोजक चौधरीले बताए।
रोड शोमा एलजीको वासिङ मेसिन र भ्वाइस कमान्डद्वारा चलाउन सकिने टेलिभिजनबारे पनि जानकारी दिइनेछ। वासिङ मेसिनको प्रयोगबारेमा पनि रोड शोमा जानकारी दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।