• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
१५ वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्ने सरकारको घोषणा
64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १८:२४
1140x725

काठमाडौं- सरकारले बाराको निजगढमा बनाउने लागेको आधुनिक सुविधासम्पन्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी १५ वर्षमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ।

अर्थ मन्त्रालयलले चालु आव २०७६/०७७ बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई एसियाकै ट्रान्जिट हब विमानस्थलका रूपमा विकास गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सरकारले अगाडि सारेको आयोजना हो।  

यो आयोजना आर्थिक वर्ष २०७१/७२ मा सुरु भई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने अपेक्षा गरिएको थियो।

अपेक्षा गरिएको समय सकिनै लागे पनि अर्थ मन्त्रालयले विमानस्थल निमार्णको सम्पन्न हुने सयममा संशोधन गरेको हो।

मन्त्रालयको संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०९१/९२ मा विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।

साथै मन्त्रालयले आयोजनाको कुल अनुमानित लागत १ खर्ब २० अर्ब रहने जनाएको छ।

Ncell 2
Ncell 2

विमानस्थल निमार्णको विषय अहिले लगानी बोर्ड नेतृत्व गरिरहेको छ। लगानी बोर्डले प्राविधिक रूपमा दक्ष ठहर गर्दै जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग विमानस्थल निर्माणको आशयपत्र माग गरिसकेको छ।

हालसम्म विमानस्थल निर्माण क्षेत्रको दक्षिण-पूर्वी र पश्चिम सीमामा तारबार (फेन्सिङ) कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ। पश्चिमी सिमाना पसाहा खोलामा तटबन्ध निर्माण गरी विमानस्थल निर्माण क्षेत्रको चारकिल्ला यकिन गर्ने कामसमेत सम्पन्न भइसकेको छ।

विमानस्थल निर्माण क्षेत्रमा रहेको १ सय १० बिघा व्यक्तिका नाममा रहेको जग्गाको मुआब्जा वितरणको काम पनि ६० प्रतिशत पूरा भइसेको छ। तर, सर्वोच्च अदालतको आदेशका कारण निर्माणस्थलको रूख कटान गर्ने कार्य भने स्थगित भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा उल्लेख छ।

आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएकोमा समीक्षा अवधिसम्म १ रुपैयाँ पनि खर्च नभएको जनाएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल पाँच वर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताउँदै आएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 
यो आयोजना सन् २०१५ मा सुरु भएको थियो। तत्कालीन समयमा सरकारले सन् २०१७ को डिसेम्बरमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर अहिले विमानस्थल निर्माणको काम ३१ मार्च, २०२० मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ।

यस आयोजनाको कुल लागत ३० अर्ब ४१ करोड रुपैयाँ पुगिसिकेको छ। यो आयोजनाको मुआब्जाका लागि मात्र २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ। विमानस्थलको धावनमार्ग ३ हजार मिटर र चौडाइ ४५ मिटर छ। अहिले विमानस्थलम अन्तिम चरणको काम भइरहेको छ। हाल विमानस्थलमा फिनिसिङ र  संचार उपकरण भइरहेको छ। यसैगरी उपकरण जडान गर्ने कार्य पनि तीव्र गतिमा भयरहेको छ।

आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको  थियो। जसमध्ये समीक्षा अवधिसम्म ४६ करोड ३३ लाख रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
यो आयोजनाको काम सन् २०११ बाट सुरु भएको थियो। तर, नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा मात्रै ऋण सम्झौता भएपछि निर्माणको काम अगाडि बढेको थियो।

सरकारले यो विमानस्थल सन् २०२१ को जुलाईसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। अहिलेसम्म विमानस्थल निर्माणको ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ।

आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ। आयोजनाको आर्थिक वर्ष २०७५/७६ मा नै धावनमार्ग, ट्याक्सी-वे र एप्रोन निर्माण, धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको थियो। अहिले टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण कार्य जारी छ।

आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा जग्गा अधिग्रहणसहित विमानस्थल निर्माण कार्यको लागि ८ अर्ब रुपैयाँ विनियोजन गरको थियो। तर, समीक्षा अवधिसम्ममा ४ अर्ब  ३ करोड ५५ लाख खर्च भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो: ज्ञानेन्द्र शाही
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् !
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो: ज्ञानेन्द्र शाही शुक्रबार, जेठ ३०, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! शुक्रबार, जेठ ३०, २०८२
बागलुङमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते शुक्रबार, जेठ ३०, २०८२
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्