काठमाडौं- नेपाल वायुसेवा निगमले नारिता उडान फागुन २९ गतेबाट नै हुने पुनः स्पष्ट पारेको छ।
‘नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गतेदेखि जापानको नारितामा उडान गर्न लागेको छ,’ निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले भने, ‘उडान तालिकामा कुनै परिवर्तन भएको छैन र सोही दिनदेखि उडान थालिने विश्वास निगम दिलाउँछ।’
जापानबाट प्रसारण हुने एउटा संचार माध्यममा निगमको नारिता उडानको मिति पर सारिएको भन्ने समाचार संप्रेषण गरेको भन्दै निगमले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै नारिता उडान फागुन १९ गतेबाट नै हुने भनी स्पष्ट पारेको छ।
निगमले एयरबस वाइड्बडीबाट नारिताले सातामा ३ दिने उडान गर्नेसमेत जनाएको छ। निगमले सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ।
साथै निगमले एकतर्फी भाडा ३७ हजार र दुई तर्फी भाडा ७३ हजार रुपैयाँ तोकेको छ। साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा ब्यागेजको सुविधा समेत पाउने जनाइएको छ।
नारिताको उडानसँगै अगष्टमा सुरू गरिएको ओशाका उडान भने योसँगै बन्द हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।