काठमाडौं- वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-३ घर भई हाल कीर्तिपुर बस्ने कृष्ण चौधरी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका हिमाल चौधरी पक्राउ परेका छन्।
उनीहरुलाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो।
आफू हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै इटालीमा राम्रो रोजगारीको प्रलोभन देखाएर पर्वत कुश्मा नगरपालिका-१४ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने दिनेश पौडेलसँग उनीहरुले ६ लाख रकम ठगी गरी फरार भएका थिए।
रकम लिएर लामो समयसम्म पनि इटाली नपठाई फरार भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर एजुकेशन कन्सल्टेन्सीहरुले समेत ठगी गरिरहेको पाइएको छ।
यसमा युवाहरु पनि सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताएका छन्।
कन्सल्टेन्सीबाट हुने ठगी नियन्त्रणका लागि विभागले कडाइ गर्ने समेत उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।