काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन्।
अध्यक्षको जिम्मेवारी लिँदै सचिव अधिकारीले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने बताए।
‘व्यवस्थापन सामुहिक प्रयासमा अघि बढ्नुपर्ने उल्लेख गर्दै विश्वका कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्छ,’ उनले भने।
विश्वमा पर्यटन व्यवसाय तीब्र प्रतिस्पर्धामा गएकोले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने उनको भनाइ थियो।
नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेरविचार पनि सरकारले नै गरिरहेको भए पनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धिपूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने सचिव अधिकारीको भनाइ थियो।
अधिकारीले मोडेल परिवर्तनको सन्दर्भमा रणनीतिक साझेदारीमा जाने वा ऐन परिवर्तन गरेर कम्पनीमा रुपान्तरण गर्नेबारे सोच्न समेत निगम व्यवस्थापनलाई सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।