• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नयाँ विमानस्थलमा पूरानै प्रविधि, टयांकरबाटै हवाई इन्धन

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १३:३७
1140x725

काठमाडौं- सन् २०२१ को जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ब्राउजर (हवाई इन्धन बोक्ने टंयाकर) बाटै जहाजमा इन्धन रिफ्युलिङ (लोड) गर्नुपर्ने भएको छ। विश्वका अधिकांश विमानस्थलले हाइड्रेन्ट  (भूमिगत पाइपबाट पार्किङमै हवाई इन्धन लोड गर्ने प्रविधि)  सुरु गरे पनि नेपालले भने पुरानै प्रणालीबाट जहाजमा इन्धन लोड गर्ने गरी संरचना बनाएको हो। 

आर्थिक वर्ष २०७६/०७७ भित्रै सञ्चालनमा ल्याउने गरी निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पुरानै प्रविधिबाट जहाजमा इन्धन लोड गर्नुपर्ने गरी काम भइरहेको हो। 

अहिले विश्वका अधिकांश विमानस्थलमा ब्राउजरमा तेल लगेर जहाजमा  रिफ्युलिङ गर्ने प्रणाली अन्त्य भइसकेको छ।  तर, नेपालले भने निर्माणको चरणमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुरानै प्रणालीबाट इन्धन भर्नुपर्ने गरी संरचना बनाएको छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले टंयाकरबाटै जहाजमा इन्धन रिफ्युलिङ गर्नुपर्ने गरी संरचना निर्माण भएको जानकारी दिए।

पोखरा क्षेत्रीय विमानस्थल इपीसी मोडलमा निर्माण भएको हो। जसका कारण डिजाइन तय गर्दा जहाजमा इन्धन लोड गर्न आवश्यक हाइड्रेन्ट प्रणाली नरहेका कारण पुरानै प्रविधिबाट काम भइरहेको उनको भनाइ छ।

चिनियाँ ठेकेदारसँग पछिल्लो समय हाइड्रेन्ट प्रणालीको विषयमा छदफल भए पनि उसले नमानेका कारण पुरानै प्रविधिबाट काम भइरहेको मुनकर्मी बताउँछन। तर, हाइड्रेन्ट प्रणाली अहिले नै असम्भव भनेर भन्न नमिल्ने उनको तर्क छ। यस विषयमा नेपाल आयल निगमसँग पनि छलफल भइरहेको उनको भनाइ छ।

 तर, चिनियाँ ठेकेदारले सम्झौता र डिजाइनभन्दा बाहिर गएर काम गर्दा समय बढी पनि लाग्ने र लागतसमेत बढने हुँदा नयाँ प्रविधिको काम गर्न नमानेको उनले बताए। विमानस्थल निर्माण सम्पन्न भइसकेपछि पनि जहाज पार्किङ वेको ढलान काटेर पनि हाइड्रेन्ट  प्रणाली ९भूमिगत० जडान गर्न सकिने उनको भनाइ छ।

पोखरा क्षेत्रीय विमानस्थलमा ३ वटा ठूला जहाज (ए ३२०), ४ वटा एटिआर ७२ प्रकृतिको र ४ वटा विचक्राफ्ट प्रकृतिको जहाज पार्किङ गर्न सकिने गरी ११ वटा पार्किङ वे निर्माण भइसकेको छ। यो नै पोखरा क्षेत्रीय  अन्तर्राष्ट्रिय विमानस्थलका लागि लामोसमयसम्मको लागि पर्याप्त पार्किङ वे हो। यहाँ थप नयाँ पार्किङ वे थप्न सकिने ठाउँ पनि छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, ११ वटा जहाज पर्किङ वेमा हाइड्रेन्ट  प्रविधि जडान गरिएको छैन।

काम कति भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम २०२० को डिसेम्बरभित्रै सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ। चिनियाँ एक्जिम बैंकको ऋणमा भइरहेको विमानस्थल निर्माणमा अहिले ५० प्रतिशतभन्दा बढी काम सकिएको विमानस्थल आयोजना प्रमुख मुनकर्मी जानकारी दिए। 

विमानस्थलको २५ सय मिटरको रन–वे निर्माणको काम सकिएको छ। रन–वेमा लाइटको काम भने बाँकी छ। यसैगरी ११ वटा जहाज पार्किङ वे र ट्याक्सी वे निर्माणको काम पनि सकिएको छ।  रन-वे, ट्याक्सी र पार्किङ वे सबै ढलान हो। रन-वेको बेस ७४ इन्चको छ, जसमा ३४ इन्चको सबैभन्दा माथिलो तहको ढलान छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्माण कम्पनीले विमानस्थलभित्र आवश्यक भवन निर्माणको काम पनि तीव्र रुपमा गरिरहेको छ। विमानस्थललाई आवश्यक आगमन र प्रस्थान टर्मिनल भवन, प्रशासकीय भवन, फायर फाइटर भवन, भन्सार, कार्गो, फायर फाइटर टावर, विद्युत सप्लाइ भवनलगायतका १४ वटा भवनको संरचना निर्माणको काम पनि सकिइसकेको छ। 

अहिले निर्माण कम्पनीले तयार भएको संरचनामा वाल लगाउने तथा फिनिसिङको काम थालिसकेको छ। झन्डै २३ अर्ब रुपैयाँमा निर्माण हुने विमानस्थलका लागि प्राधिकरणले पनि ५ अर्ब भन्दा बढी रकमको जग्गा अधिग्रहण गरिसकेको छ। आयोजना प्रमुखका अनुसार विमानस्थल पेरिफेरि सडक पनि निर्माण भइरहेको छ। अहिले नेपाली र चिनियाँ गरी ५ सयभन्दा बढी कामदार विमानस्थल निर्माणमा संलग्न छन्। 

विमानस्थलको क्षमता प्रतिघन्टा ६ सय यात्रुलाई सेवा दिनसक्ने छ। विमानस्थलमा ए३२० र बोइङ ७३७ प्रकृतिको जहाज अवतरण गर्न सकिने आयोजना कार्यालयले जनाएको छ। सरकारले यो विमानस्थललाई विश्वकै सुन्दर विमानस्थलको रुपमा अगाडि बढाउने तयारीसमेत गरेको छ। विमानस्थलको रन–वेको आयु पनि ५० वर्षसम्म हुने मुनकर्मी बताउँछन्। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको ढलान प्रयोग गरेर बनाइएको छ। सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सयमसीमा तोकिएको छ। पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थल शिलान्यास गरेका थिए। 

झन्डै २३ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई दिने सहमतिसँगै विमानस्थल निर्माणको काम सुरु भएको थियो। अन्तर्रा्ष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यमस्तरका जहाजबाट उडान तथा अवतरण गर्न सकिने छ।
 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्