काठमाडौं- सरकारले प्रसारण लाइनदेखि जनकपुर रेलवेसम्म निर्माणका लागि आवश्यक उपकरण भित्र्याउन कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले विद्युत प्रसारण लाइन आयोजनादेखि रेलवेसम्मका लागि चाहिने वस्तु आयातमा कर छुट दिने निर्णय गरेको हो।
अर्थ मन्त्रालयले मन्त्रालयले नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी तथा एसियाली विकास बैंकको ऋणमा सञ्चालित इलेक्ट्रिसिटी ट्रान्समिसन एक्सान्सन एन्ड सप्लाइन इम्प्रुभमेन्ट प्रोजेकअन्तर्गत खिम्ती-बारबिसे ४०० केभी प्रसारण लाइन निर्माणका लागि पैठारी हुने सामानमा १ प्रतिशत भन्सार लिइ सकै कर छुट दिने निर्णय गरेको हो।
सरकारले भारतीय निर्माण व्यवसयी एम/एस केइसी इन्टरनेशनलले निर्माण गरिरहेको आयोजना अघि बढाउन १ करोड ५१ लाख १७ हजार अमेरिकी डलर बराबरको सामान आयातमा भन्सारसहितका अन्य कर छुट दिने निर्णय भएको हो।
यसैगरी जयनगर बर्दिवास रेललाइन निर्माणअन्तर्गत कुर्था बिजलपुरा खण्डको इलेक्ट्रिकल काम अघि बढाउन ठेकेदार कम्पनीले आयात गर्न १ करोड ५१ लाख भारु बराबरको सामान आयातमा सम्पूर्ण महसुल तथ कर छुट दिने निर्णय गरिएको छ।
यस्तै भारतीय निर्यात-आयात बैंकको ऋण सहयोगमा सञ्चालन भइरहेको लामोसाँघु-तामाकोशी-जिरी सडक आयोजनाको सडक निर्माणका लागि ४७ लाख ६८ हजार डलर बराबरको यन्त्र उपकरणमा मूल्य अभिवृद्धि कर असुल गरी बाँकी रकम छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।
यस्तै जयनगर बर्दिबाससम्मको रेललाइन निर्माणअन्तर्गत कुर्था र पिपराडीमा स्टेसन भवन, प्लेटफर्म र कर्मचारी आवास भवन बनाउन निर्माण कम्पनीले आयात गर्ने १ लाख ४० हजार भारु बराबरको सामानमा सबै महसुल छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।