काठमाडौं- नेपाल विद्युत् प्राधिकरण संचालक समितिले नयाँ विद्युत् महसुल दर निर्धारण गरी अन्तिम स्वीकृतीका लागि विद्युत् नियमन आयोगमा पठाइसकेको छ।
प्रस्तावित महसुल दर आयोगको स्वीकृतीपछि मात्रै कार्यान्वयनमा आउनेछ। नयाँ विद्युत् महसुलमा अहिलको विद्युत महशुल दर घटाइएको छ भने न्युनतम शुल्क ३० रुपैयाँ तोकिएको छ। प्रस्तावित नयाँ विद्युत् महसुल दरअनुसार ग्राहस्थ वर्गका लागि ५ एम्पिएरमा मासिक न्यूनतम १० युनिट (किलोवाट घण्टा) विद्युत् खपतमार्फत ३० रुपैयाँ न्युनतम शुल्क तोकिएको छ।
यसमा न्युनतम इनर्जी शुल्क भने तोकिएको छैन। ५ एम्पिएरमै मासिक १० देखि २० युनिट विद्युत् खपत गर्दा न्युनतम शुल्क ३० रुपैयाँ र इनर्जी शुल्क ३ रुपैयाँ गरी ३३ रुपैयाँ, २१ देखि ५० युनिटसम्म प्रयोग गर्दा न्युनतम शुल्क ५० रुपैयाँ र इनर्जी शुल्क ८ रुपैयाँ ५० पैसा गरी ५८ रुपैयाँ ५० पैसा र ५१ युनिटदेखि १ सय युनिटसम्मको विद्युत प्रयोगमा न्युनतम शुल्क ७५ रुपैयाँ र इनर्जी शुल्क ९ रुपैयाँ ७५ पैसा गरी कुल ८४ रुपैयाँ ७५ पैसा महसुल प्रस्ताव गरिएको छ।
त्यस्तै १ सय १ युनिट देखि २ सय ५० युनिटसम्मको विद्युत् खपतमा १ सय २५ रुपैयाँ न्युनतम शुल्क र १० रुपैयाँ ५० पैसा इनर्जी शुल्क गरी १ सय ३५ रुपैयाँ ५० पैसा प्रस्ताव गरिएको छ। २ सय ५० युनिटभन्दा माथिको विद्युत् खपतका लागि भने १ सय ७५ रुपैयाँ न्युनतम शुल्क र ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क गरी कुल १ सय ८६ रुपैयाँ ५० पैसा शुल्क प्रस्ताव गरिएको छ।
यस्तो छ प्रस्तावित महसुल दर (तालिका)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।