काठमाडौं- शेयर बजारमा सबैभन्दा महंगो शेयर युनिलिभरको नाफा २५ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले २३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ३२ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर यस वर्ष १५ प्रतिशतले आम्दानी बढाएको छ। उत्पादन बिक्रीबाट मात्रै एक अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा एक अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीले आम्दानी बढाए पनि कच्चा पदार्थमा लागत बढ्दा नाफामा ठूलो असर गरेको छ। कम्पनीको कर्जा प्रदार्थको खरिदमा हुने खर्च मात्रै ४०.१२ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासिक अवधिमा यस्तो खर्च ८६ करोड ६८ लाख रुपैयाँ छ। गत वर्षको यहि अवधिमा भने ६१ करोड ८६ लाख रुपैयाँ थियो।
कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ। यसै पुँजीका आधारमा प्रतिशेयर आम्दानी ९७१ रुपैयाँ छ। गत वर्षको यहि अवधिमा प्रतिशेयर आम्दानी १३०३ रुपैयाँ थियो। दोस्रो बजारमा थोरै शेयर पुँजी भएको साथै प्रतिशेयर आम्दानी धेरै भएको हुँदा कम्पनीले दोस्रो बजारमा राम्रो मूल्य पाएको हो।
दोस्रो बजारमा सूचीकृत कम्पनी मध्ये युनिलिभर सबैभन्दा धेरै लाभांश दिने कम्पनीभित्र पर्छ। कम्पनीको प्रतिशेयर नेटवर्थ मात्रै २२ सय ८० रुपैयाँ छ। युनिलिभरको शेयर मूल्य १८,९६३.००० छ।
कम्पनीको शेयर सबैभन्दा महंगोपर्ने भएकोले दोस्रो बजारमा एकदमै कम कारोबार हुने गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जम्मा १४ दिन कारोबार भएको छ। उक्त कारोबार दिनमा जम्मा ३०० कित्ताको मात्रै खरिद बिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।