काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै दुई अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकको गत वर्षको भन्दा ८.३२ प्रतिशतले नाफा घटेको छ। गत वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। खुद व्याज आम्दानी २.१६ प्रतिशतले बढेर ५ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ।
खराव कर्जा तथा कस्ट अफ फण्ड दुवै बढ्दा बैंकको नाफामा गिरावट आएको हो।
दोस्रो त्रैमाशसिक अवधिमा बैंकले निक्षेप संकलन २.९८ प्रतिशतले बढाउदा कर्जा विस्तार ४.१४ प्रतिशतले बढाएको छ। यसै अवधिमा बैंकले एक खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिशेयर आम्दानी चार रुपैयाँले घटेर ४९ रुपैयाँमा झरेको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।