काठमाडौं- २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३३ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। यी बैंकहरुले गत वर्ष ३० अर्ब ७६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।
गत वर्षको तुलनामा बैंकहरुको नाफा ७.९४ प्रतिशतले सुधार भएको हो। जबकी अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफा बृद्धिदर ३९.४१ प्रतिशत थियो।
पुँजी बृद्धिसँगै वाणिज्य बैंकहरुले शाखा विस्तार गर्दा बैंकहरुको सञ्चालन खर्च बढेको छ। सञ्चालन खर्चसँगै खराब कर्जा बढ्दा नाफाको बृद्धिदर घटेको हो।
सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ।
बैंकको नाफा गत वर्षको भन्दा ७.९४ प्रतिशतले घटेर दुई अर्ब २० करोड रुपैयाँ भए पनि पहिलो नम्बरमै छ।
त्यस्तै बिग मर्जरपछि ग्लोबल आइएमई निजी वाणिज्य बैंकहरुमा पहिलो भएको छ। बैंकले पुस मसान्तसम्ममा दुई अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै सधैं पहिलो हुने नबिल बैंक यस पटक दोस्रो नम्बरमा परेको छ।
बैंकको नाफा गत वर्षको भन्दा ६.२० प्रतिशतले कमी हुँदा दोस्रो नम्बरमा परेको हो। बैंकले यसै अवधिमा दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै गत वर्ष पाचौ स्थानमा रहेको एनआइसी एसिया बैंक यस वर्ष चौथो स्थानमा उक्लेको छ। गत वर्ष तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक ७ स्थानमा झरेको छ। बैंकको केही कर्जा बिग्रिएपछि पछिल्लो समय नाफा घटेको हो।
दोस्रो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै नाफा सुधार गर्नेमा एनएमबी बैंक छ। बैंकले गत वर्षको तुलनामा ४७ प्रतिशतले सुधार भएको छ। सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक छ। बैंकको नाफा १५ प्रतिशतले घटेको छ।
सबैभन्दा खराब प्रस्तुती गर्नेमा सिभिल बैंक नै दोहोरिएको छ। बैंकको यस वर्ष १४.७६ प्रतिशतले थप गिरावट हुँदै ३१ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ। यस पटक दोस्रो त्रैमाशिक अवधिबाट अर्बपति क्लवमा उक्लिएको छ।
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।