काठमाडौं- एनआइसी एसिया बैंक लिमिटेडले ललितपुर जिल्ला अदालत परिसमा काउन्टर स्थापना गरेको छ।
मंगलबार बैंकले काउन्टर स्थापना गरेको हो। योसँगै बैंकको विस्तारित काउन्टर सेवा १०९ स्थानमा पुगेको छ।
मंगलबार ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश श्री महेन्द्रबहादुर कार्कीले काउन्टरको उद्घाटन गरेका हुन्।
कार्यक्रममा न्यायाधीश कार्कीले अदालत परिसरमा बैंकको काउन्टर स्थापना भएसँगै सेवाग्राहीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले सेवाग्राहीको समस्या दृष्टिगत गरी काउन्टर संचालनमा ल्याइएको बताए।
देशभर ३ सय १३ शाखा कार्यालय रहेको बैंकले ४ सय ४२ वटा एटिएम संचालनमा ल्याएको छ। १०९ वटा विस्तारित काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने देशकै ठूलो शाखा सञ्जाल भएको बैंकका २१ लाख ग्राहक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।