काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मेगा बैंक को खुद मुनाफा ३० प्रतिशतले बढेको छ।
गत वर्षको सोही अवधिको तुलनामा बैंकले ३० प्रतिशत नाफा वृद्धि गर्दै ९५ करोड रुपैँया खुद मुनाफा पुर्याएको हो।
पहिलो त्रैमासमा बैंकले ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको थियो।
गत आवको दोस्रो त्रैमासमा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो।
समीक्षा अविधमा बैंकले ८४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन गत वर्षभन्दा २० प्रतिशत भन्दा बढी हो।
कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो।
मेगा बैंकका देशभर १ सय ११ शाखा, २९ एक्सटेन्सन काउन्टर, १ सय १४ वटा एटिएम, ७९ शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेन्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।