काठमाडौं- महिन्द्राको निर्माण उपकरणहरुको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ‘आम्दानी जति तपाईंको, खर्च जति हाम्रो’ नाराका साथ छैटौं नेपाल बिउल्डकन इन्टरनेशनल एक्सपो २०२० सकिएको छ।
उक्त एक्स्पो ३ दिनसम्म काठमाडौंको भृकुटी मण्डपमा भएको थियो। सो कार्यक्रममा महिन्द्राका मोटर ग्रेडर (जी ९०), ब्याकहो लोडर, र टिपर प्रर्दशनीमा राखी सम्बन्धित क्रेताहरुलाई आफ्नो उत्पादन बारेमा जानकारी गराउँदै ग्राहकहरुका लागि विभिन्न स्किम उपलब्ध गराइएको थियो।
प्रर्दशनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याकहो लोडर, ग्रेडरलगायत सामाग्रीहरु कम लागतमा उच्चतम प्रयोग, सस्तो सञ्चालन खर्च, सरल तथा अत्याधुनिक प्रविधि, उच्च माईलेज र बेजोड कार्य क्षमताको विषेशता रहेको दाबी कम्पनीको छ।
कम्पानीले मेसिनहरुमा २ वर्ष असीमित घण्टा वारेन्टीको साथमा स्पर्ट फाईनान्सको व्यवस्था समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।