काठमाडौं- शिवम् सिमेन्टले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको भन्दा २९ प्रतिशतले नाफा घटेको छ। कम्पनीको नाफामा गिरावट आए पनि दोस्रो बजारमा भने कम्पनीको शेयर मूल्य २९ रुपैयाँले बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा शेयर मूल्यमा भारी गिरावट आएको थियो। तर यसपटक भने उल्टै मूल्य बढिरहेको छ। बजार बढिरहेको ट्रेण्डलाई हेर्दै केही लगानीकर्ताहरुले चलखेल गर्दा कम्पनीको शेयर मूल्य बढिरहेको एक जानकारले बताए।
कम्पनीको केही शेयर निश्चित व्यक्तिसँग रहेको छ। त्यसैले गर्दा उनिहरुले नै मूल्यमा चलखेल गरिरहेका छन्। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ छ। जबकी बैंकको १२ प्रतिशत शेयरमात्रै सर्वसाधारणसँग छ। उक्त १२ प्रतिशतमध्ये थोरैमात्रै दैनिक कारोबार हुन्छ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी १२ रुपैयाँले घटेको छ। त्यस्तै कम्पनीको आम्दानीमा पनि १० प्रतिशतले गिरावट आएको छ। पछिल्लो समय व्यवसायमा मन्दि छाउँदै आएको छ। निर्माणका काम अगाडि नबढ्दा रड तथा सिमेन्टको व्यापारमा चरम मन्दि छ। यसको प्रभावले नाफामा असर पारिरहेको छ।
कम्पनीको वित्तीय विवरण
|
विवरण (रुपैयाँ)
|
शिवम् सिमेन्ट
|
वृद्धि (%)
|
|
पुस २०७६
|
पुस २०७५
|
नाफा
|
४६१२९६
|
६५७८५७
|
-२९.८८
|
| आम्दानी |
४६९५६०२
|
५२२४७९९
|
-१०.१३
|
|
चुक्ता पुँजी
|
४४०००००
|
३८९२०२४
|
१३.०५
|
|
जगेडा कोष
|
३००६४८१
|
३०४३२८१
|
-१.२१
|
|
सहायक कम्पनीमा लगानी
|
३५६५७०३
|
३३६५७०३
|
५.९४
|
|
उत्पादन खर्च
|
३१३१०३०
|
३३५३४८६
|
-६.६३
|
|
अन्य आम्दानी
|
१११७८
|
१२५०५
|
-१०.६१
|
|
प्रतिशेयर आम्दानी
|
२०.९७
|
33.80
|
-12.83
|
|
प्रतिशेयर नेटवर्थ
|
१८९.७०
|
179.22
|
10.48
|

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।