काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा व्यवसायमा थप आक्रमक देखिएको छ।
कम्पनीले खुद बीमा शुल्क आर्जन थप ३२.८० प्रतिशतले बढाएको छ। खुद बीमा शुल्क आर्जनसँगै कम्पनीको नाफा पनि २५ प्रतिशतले बढेको हो।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३५ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा एक्चुरियल मूल्याङ्कनपछि बढ्नेछ। दुई वर्ष अगाडि बजारमा थप नयाँ १० कम्पनी आउदा पनि नेपाल लाइफले भने आफ्नो व्यवसाय थप सुधार गर्न सफल भएको छ।
कम्पनीले यस अवधिमा १३ अर्ब ९१ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा १० अर्ब ४७ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीले बीमा लेख संख्या चार प्रतिशतले बढाएको छ।
कम्पनीले पुस मसान्तसम्ममा १२ लाख ५८ हजारवटा बीमा लेख जारी गरेको छ। गत वर्षको यहि अवधिमा १२ लाख ९ हजारवटा पोलिसी जारी गरेको थियो। कम्पनीको दावी भुक्तानी यस अवधिमा ३९ प्रतिशतले घटेको छ।
नेपाल लाइफले दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब १४ करोड रुपैयाँको खुद दावी भुक्तानी गरेको छ। कम्पनीले भुक्तानी गर्नु पर्ने दावी रकम पनि गत वर्षको तुलनामा २५ प्रतिशत कम देखिन्छ। कम्पनीले एक अर्ब १५ करोड रुपैयाँ दावी गर्न बाँकी छ।
चुक्ता पुँजी २५ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानीलाई टिकाउन सफल भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ।
कम्पनीले बीमा लेख धितोमा राखि कर्जा प्रवाहलाई विशेष ध्यान दिएको छ। बीमा लेख धितोमा राखेर प्रवाह हुने कर्जा ५५ प्रतिशतले बढाएको छ। नेपाल लाइफले १५ अर्ब ७३ करोड रुपैयाँ कर्जा बीमा लेख धितोमा राखेर प्रवाह गरेको छ।
बैंकमा निक्षेप जम्मा गरेर साथै लगानी गरे हुने आम्दानी २६ प्रतिशतले सुधार गरेको छ। यस्तो आम्दानी दुई अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।