काठमाडौं- नबिल बैंकको व्याज खर्च अधिक हुँदा नाफामा गिरावट आएको छ। गत वर्षको तुलनामा बैंकको व्याज आम्दानी ११.२० प्रतिशतले बढ्दा व्याज खर्च भने २६ प्रतिशतले बढेको छ।
व्याज खर्च बढेसँगै बैंकको खुद व्याज आम्दानीमा ४.४२ प्रतिशतले गिरावट आएको हो। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा दुई अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको निक्षेप संकलनमा खासै सुधार नभए पनि असार यता कर्जा विस्तार भने १० प्रतिशतले बढेको छ।
दोस्रो त्रैमासिक अवधिमा बैंकले एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत असारमा बैंकले एक अर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। कर्जा विस्तार अनुसार व्याज असुली हुन नसक्दा बैंकको नाफामा कमि आएको हो।
बैंकले निक्षेप टिकाउन व्याजदर बढाउदा कस्ट अफ फण्ड बढ्न गएको हो। त्यस्तै खराव कर्जामा सामान्य बृद्धिले पनि नाफामा असर पुर्याएको हो। बैंकको आधार व्याजदर ०.१६ प्रतिशत विन्दुले बढेर ८.१ प्रतिशत पुगेको छ। त्यस्तै कस्ट अफ फण्ड केहि बढेर ६.०२ प्रतिशत पुगेको हो।
नाफामा गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँले घटेर ४० रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानीका हिसाबले नबिल बैंकलाई एनआईसी एशियाले टपेको छ। एनआईसी एशियाको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ छ।
एनआईसी एशियाको नाफा दुई अर्ब एक करोड रुपैयाँ छ। नबिललाई एनआईसी एशियाले निक्षेप संकलन र कर्जा विस्तारमा पनि उछिनिसकेको छ। बिग मर्जरपछिको ग्लोबल आइएमई निक्षेप कर्जा र नाफामा एक नम्बरमा छ। अबको केहि समयमै ग्लोबल पछि एनआईसी दोस्रो नम्बरमा आउने देखिन्छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।