काठमाडौं- अनलाइन सपिङ प्लेटफर्म दराजले सामसङ नेपालसँग मिलेर सामसङ ग्यालेक्सी नोट १० लाइट सार्वजनिक गर्ने भएको छ। कम्पनीले फेब्रुअरी १२ मा नयाँ मोबाइल फोन सार्वजनिक गर्ने भएको हो।
युरोपेली बजारमा ७८ हजार ३०० रुपैयाँभन्दा धेरै पर्ने यो फोन नेपाली बजारमा ५९ हजार ९९९ मा पाइने कम्पनीले जनाएको छ। यो फोन नेपाली बजारमा औरा ब्ल्याक र औरा ग्ला गरी दुई कलर भेरिएसनमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ।
नयाँ फोनको साथमा नेपालभर निशुल्क शिपिङ सुविधा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ। यसैगरी ३५०० रुपैयाँ पर्ने सामसङ स्मार्ट फ्लिप कभर १००० रुपैयाँमा नै पाइने पनि कम्पनीले जनाएको छ।
यसबाहेक पहिलो ५० ग्राहकले एक्युरेट वारलेस ब्लुटुथ नेप इयरडट्स पाउने पनि कम्पनीले जनाएको छ। यस्तै ग्राहकले सांग्रिला होटलमा खाना र पेय पदार्थमा २० प्रतिशत पनि छुट पाउनेछन्।
सामसङ ग्यालेकसी नोट १० लाइट इन्फिनिटी औ डिस्प्ले, ट्रिपल रियर क्यामेरा र एस पेन स्टाइलसको सुविधा छ। यो फोनमा २५ वाटको सुपर फास्ट चार्जिङसहित ४५०० एमएएचको ब्याट्री रहेको छ।
यो फोनमा ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ। माइक्रो एसडीमार्फत १ टिबीसम्मको रोम थप्न सकिन्छ। फोनमा एन्ड्रोइड टेन अपरेटिङ सिस्टम छ भने ६.७ इन्चको फुल एचडी इन्फिनिटी औ सुपर आमोलेड डिस्प्ले रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।