काठमाडौं- एलजी नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले काठमाडौंको कान्तिपथमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। सिजीले नेपाली ग्राहकका लागि सहज सेवा/सुविधा प्रदान गर्न नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ शोरुममा एलजीका होम इन्टरटेन्मेन्ट, होम अप्लाएन्स, एयर कन्डिसन तथा इनर्जी सोलुसनसँग समबन्धित सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले ब्राण्डका नयाँ एवं अत्याधुनिक उत्पादन शोरुमबाट प्राप्त गर्न सक्ने प्रेस विज्ञप्तीमा जनाइएको छ।
एलजीले काठमाडौंको मीनभवन, चाबहिल, सितापाइला र ललितपुरको जाउलाखेलमा पनि शोरुम सञ्चालमा ल्याइसकेको छ।
नयाँ शोरुम उद्घाटन गरेको अवसरमा कम्पनीले विशेष छुट योजना पनि ल्याएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।