काठमाडौं- नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा साताकाे ३ दिन सिधा उडान सुरू गर्ने भएको छ।
एयरबस वाइड्वडीबाट गरिने उडान सोमबार, बुधबार र शुक्रबार हुने नेपाल एयरलाइन्सले जनाएका छ। बिहान १:२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने सो विमान सोही दिन अपरान्ह १८:२५ मा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ। निगमले प्रबद्र्धनात्मक भाडादर भन्दै काठमाडौंबाट नारिताका लागि एकतर्फी .३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ। यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने छन् ।
अगष्टमा सुरू गरिएकाे ओशाका उडान भने योसँगै बन्द हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।