काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ३० दिनभित्र सूचीकृत हुन होटल एशोसिएसन नेपाल(हान)ले होटलहरुलाई निर्देशन दिएको छ।
ऐनमा समेटिएको सामाजिक सुरक्षा सबैका लागि अनिवार्य भएकाले आफू तथा आफ्नो होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कोषमा सूचीकृत गराउन हानले निर्देशन दिएको हो।
माघ २२ गते बसेको हानको बैठकको निर्णयअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफू तथा श्रमिकहरु अनिवार्य रुपमा कोषमा सूचीकृत हुने रोजगारदाता स्वयंको दायित्वभित्र पर्ने हुँदा दायित्व बहन गर्न हानले सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।