काठमाडौं- नेपाल एयरलाइन्सले सुरू गर्न लागेको चीन उडान कोरोना भाइरसका कारण ३ महिना पछि सरेको छ।
आगामी मार्चबाट सुरु गर्न लागिएको काठमाडौं-गोन्जाओ उडान कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको एयरलाइन्स उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
नेपाल एयरलाइन्सले आगामी मार्च २ बाट चीनको गोन्जाऔ र जापानको नारितामा उडान गर्ने योजना तय गरेको थियो।
चीन उडान तत्कालका लागि स्थगित भएपनि जापानको नारिता उडान भने तोकिएको मिति मार्च २ बाट सुरु हुने स्रोतले बताएको छ।
नेपाल एयरलाइन्सले चीन उडानका लागि मंसिरमा अनुमति पाएको थियो। अनुमति पाएसँगै गोन्जाओ उडान गर्ने तयारी गरेको थियो।
कोरोनाका कारण नेपालमा हब भएको अर्को एयरलाइन्स हिमालयले गर्दै आएका उडान समेत बन्द गरिसकेको छ। हिमालयले चीनका ५ वटा गन्तव्यमा उडान भर्दै आएको थियो।
नेपाली वायुसेवा प्रदायक मात्र नभएर विदेशी वायुसेवा प्रदायकले समेत चीनबाट हुने उडान कटौती गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।