• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बलर नचलेको हार

64x64
सराेज तामाङ आइतबार, माघ २६, २०७६  १९:२५
1140x725

काठमाडौं- नेपालले २ सय ५० रनको लक्ष्य दिनु र खेल हार्नु, विश्वास गर्न कठीन लाग्छ। तर भयो त्यस्तै। त्रिवी मैदानमा बनेको सम्मानजनक रनमा पनि यसपटक भने नेपाली बलर फिका परे। 

सधै बलर हावी हुने त्रिवी मैदानको पिचमा आइसिसी विश्वकप क्रिकेट लिग-टु को सिरिजमा यो नै उच्च स्कोर थियो। सिरिजको पहिलो खेलमा ओमानलाई १ सय ९७ रनमै रोकेको नेपालले आइतबार भएको दोस्रो खेलमा पनि त्यही आसपासमा रोक्ने सबैको विश्वास थियो।

स्वभाविक पनि हो। हामीसँग विश्वका सबै फ्रेन्चाइज लिग खेल्दै चर्चा कमाएका सफल बलर सन्दीप लामिछाने थिए। दुई खेलमा सर्वाधिक ८ विकेट लिएका करण केसी तथा यो सिरिजमा चर्चामा आएका सुशन भारी थिए।

मिडिया बक्समा मात्रै हैन। यो खुसी प्रत्यक्ष प्रशारण हेरिरहेका दर्शक तथा मैदानमै पुगेर कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको स्वाद चाखेका खेलप्रेमीमा पनि थियो। तर यो खुसी करिब ३ घण्टापछि चक्नाचुर बन्यो। जब ओमानी क्रिकेटर अकिब इलियास र कप्तान जिसान मकसोद क्रिजमा टिकिरहे। अन्ततः अकिब र कप्तान जिसानले अटुट १ सय ६७ रनको साझेदारी गर्दै ८ विकेटको जित दिलाए।

अकिबले १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै अविजित १ सय ९ रन बनाउँदा कप्तान जिसान ६८ रनमा नटआउट रहे।

फ्लप बलर!
नेपाली क्रिकेटको सबै भन्दा सवल पक्ष के हो? फ्याट्ट मुखबाट निस्किन्छ ‘बलिङ’। यसको अर्थ ब्याटिङ भन्दा बलिङ नेपालको राम्रो छ। हो पनि। यसअघिका खेलले पनि त्यो प्रमाणित गर्छ।

ओमानविरुद्ध १८ रनको हार ब्यहोर्दा उसलाई १ सय ९७ रनमा समेटेको थियो। नेपाल १ सय ७९ रन मै अलआउट। अमेरिकाविरुद्ध १ सय ९० रन अलआउट। बलरको उत्कृष्ट प्रदर्शनमा ३५ रनको जित। अर्थात् अमेरिकालाई १ सय ५५ रनमा अलआउट। यो सबै बलरको प्रदर्शनको कामल थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

तर ओमानविरुद्धकै अर्को खेलमा भने सबै नेपाली बलर फ्लप भए। कुनै पनि बलरले ओमानविरुद्ध दबाब दिएर खेल्न सकेनन्। पहिलो ओभर मेडन फ्याँकेका करण पनि त्यसपछिका ओभरमा चुटिए।

विश्वस्तरीय सन्दीप त झनै सर्वाधिक रन खर्चिने बलर बने। उनले १० ओभर बलिङ गर्दै ६५ रन खर्चिए। त्यसो त, सन्दीपले यसअघिका ओमानविरुद्धको पहिलो खेलमा पनि विना विकेट ४५ रन खर्चिएका थिए। तर उनले अमेरिकाविरुद्ध भने कसिलो बलिङ गर्दै महत्वपूर्ण २ विकेट लिएका थिए।

दोस्रो विकेट गुमाउँदा ८३ रन बनाएको ओमानका लागि अकिब र कप्तान जिसानले उत्कृष्ट ब्याटिङ गरिरहँदा नेपाली सबै बलरको लय बिग्रिँदै गयो।

ओमानविरुद्ध नै डेब्यू खेलमा महत्वपूर्ण ३ विकेट लिएका सुशन भारी पनि आजको खेलमा भने चलेनन्। उनले ७.२ ओभर बलिङ गर्दै ४१ रन खर्चिए। तर उनको नाममा एक विकेट रह्यो। 

बलिङतर्फ तुलनात्मक रुपमा कुशल मल्लले राम्रो गरे। उनले ९ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर २९ रन खर्चँदै १ विकेट लिए। अविनाशको स्थानमा डेब्यू गर्दै बलिङ गरेका कमलसिंह ऐरीले ४ ओभरमा २९ रन र पारसले ७ ओभरमा २९ रन नै खर्चिए।
बलर चल्न सकेनन्। यो कुरामा कप्तान ज्ञानेन्द्र मल्ल पनि सहमत छन्।

‘ब्याटिङ २ सय ४९ रन राम्रो स्कोर हो। २ सय ५० राम्रो लक्ष्य हो। तर हामीले बलिङमा चौकाहरु दिइरह्यौं। हामीले अझै राम्रो बलिङ गर्न सकेको भए दबाबमा राख्न सक्थ्यौं होला।’ कप्तान ज्ञानेन्द्र मल्ल थप्छन्, ‘हामीले जसलाई विश्वास गरेका थियौं । बलरहरु चल्न सकेनन्। हाम्रो योजना र बलरको प्रदर्शनको तालमेल मिल्न सकेन।’

त्यो क्याच मिस!
२५औँ ओभर बलिङ गर्न कप्तान ज्ञानेन्द्रले जिम्मा दिए करणलाई। यतिबेला ओमानको २ विकेटको क्षतिमा १ सय ६ रन थियो।

२४.१ ओभरमा करणको बलमा अकिब लियासले चौका हाने। तर दोस्रो बलमा करणले गरेको बलिङमा अकिबलाई आरिफले क्याच आउट गर्न सक्थे। तर आरिफले तालमेल नमिलाउँदा अकिबको ब्याटमा लागेर आएको बल क्याच गर्नबाट उनी चुके।

योसँगै ओमानले ठूलो राहात पायो भने, अकिबले जीवनदान। क्याच भयो भनेर बुरुक्क उठेका दर्शक थुचुक्क बसे। करणले टाउकोमा हात राख्न बाहेक केही चलेन।

आरिफको क्याच मिस एक हिसाबले हारको एउटा कारण पनि बन्यो। ३६ रन हुँदा जीवनदान भएका अकिबले पछि शतक नै हाने।

आरिफले क्याच छुटाउनु बारे कप्तान ज्ञानेन्द्र के भन्छन् त ?

‘राम्रो टिमसँग खेल्दा आधा अवसरहरु पनि लिनु पर्छ। यस्तो खालको मौका गुमाउनु हुँदैन। तर ब्याड लक। कुनै पनि फिल्डरले क्याच छोड्छु भनेर चाहँदैन। हामीले यस्तो सानो सानो गल्ती गर्नु हुँदैन’, कप्तान ज्ञानेन्द्रले भने।

आफ्नै प्रदर्शनमा सन्तुष्ट छैनन कप्तान
त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानविरुद्ध १ रन। अमेरिकाविरुद्ध २१ रन बनाएका कप्तान ज्ञानेन्द्र ओमानविरुद्धको तेस्रो खेलमा भने चले।

नेपालका लागि उनले सर्वाधिक ५६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक अर्धशतक बनाएका कप्तान ज्ञानेन्द्र आफूले ५० प्रतिशत मात्रै खेल्न सकेको तर्क गर्छन्।

उनी भन्छन्, ‘रन भनेको टिमलाई जिताउन बनाउने हो। मलाई जहाँसम्म लाग्छ मेरो ५० प्रतिशत मात्रै ब्याटिङ भयो। मेरो तर्फबाट अझै राम्रो गर्न सकेको भए टिमलाई फाइदा पुग्थ्यो।’

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २ सय ४९ रन बनाउँदा कप्तान मल्लको सर्वाधिक ५६ रन रह्यो। उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। 

यस्तै, पारस खड्का ३८, विनोद भण्डारी ३५ रनमा आउट हुँदा आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन जोडे। शरद भेषावकरको स्थानमा टिममा फर्किएका सुवासले २२ रन बनाए।

दीपेन्द्र भने शून्यमै पेविलियन फर्किए। ओमानविरुद्ध नै पहिलो खेलमा ३६ रनको महत्वपूर्ण रन बनाएका दीपेन्द्र अमेरिकाविरुद्धको खेलमा पनि शून्यमै आउट भएका थिए।

उपकप्तान दीपेन्द्रको यस्तो प्रदर्शनबारे कप्तान ज्ञानेन्द्र भने बचाउ गर्दै भन्छन्- ‘खराब प्रदर्शन भनि हाल्न पनि हुँदैन । कहिले काहिँ हुन्छ, यस्तो। ब्यक्तिगत प्रदर्शन भन्दा पनि टिम प्रदर्शनमा फोकस हुनु पर्छ जस्तो लाग्छ। हामीले कस्तो प्रदर्शन गरिहेका छौं। सबै खेलाडी एकै पटक चल्छ भन्ने पनि छैन। दीपेन्द्रले अब चाहिने अवस्थामा चल्नु पर्छ’ कप्तान ज्ञानेन्द्रले भने।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्