काठमाडौं– काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रमा रहेका सूचीकृत सात सम्पदालाई जोडने गरी साइकल लेन निर्माण गरिने भएकाे छ।
धार्मिक तथा सांस्कृति पर्यटनलाई लक्षित गर्दै एक सम्पदाबाट अर्को सम्पदामा आवतजावतमा सहजता हुने गरी साइकल लेन निर्माण गर्न तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाकारी दिए। पुरातत्व विभागले भूकम्पबाट क्षति भएका सांस्कृति सम्पदाहरुको पुनर्निर्माण कार्यको प्रगति विवरण सार्वजनिक गर्ने गरी गरिएको पत्रकार सम्मेलमा मन्त्री भट्टराईले यस्तो बताएका हन्।
साथै सरकारले ‘भ्याली वाइ लाइट’को काम पनि अगाडि बढाएको मन्त्री भट्टराईको भनाइ छ।
विभागले भूकम्पबाट क्षति भएका ९ सय २० वटा पुरातात्विक सम्पदामध्ये गत आव सम्ममा ४ सयभन्दा बढीको पुनर्निर्माण भएको जनाकारी गराएको छ। जसमा ७ सय ३७ वटा विभागले जिम्मा लिएर पुनर्निर्माणको काम गरेको र १ सय ८३ वटा विभिन्न संघ संस्थाहरुबाट पुनर्निर्माणको काम भइरहेको विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले जानकारी दिए।
विभागले पुनर्निर्माणका लागि जिम्मा लिएको मध्ये १ सय १३ वटाको काम सुरु गर्न बाँकी रहेको र २ सय ३७ वटा अहिले निर्माणको चरणमा रहेको छ। सरकारले आगमी दुई वर्षभित्र भूकम्पले क्षति पुराएको पुरातात्विक संम्पदाको निर्माण सम्पन्न गर्ने मन्त्री भट्टराईको दाबी छ।
साथै विभागले काठमाडौं उपत्यका विश्व सम्पदाभित्र सूचीकृत भएको कुनै पनि सम्पदा खतराको सूचीमा समेत नभएको निमित्त महानिर्देक गौतमले बताए। पुरातत्व विभागले ७ सय ३७ वटा सम्पदाको लागत अनुमान ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँ गरेको छ।
जसमा आर्थिक वर्ष २ अर्ब ३९ करोड ८१ लाख ४६ हजार खर्च भइसकेको विभागले जनाएको छ। साथै विभागलाई आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ८१ करोड २ लाख ८० हजार रुपैयाँ र आव २०७८/०७९ लागि १ अर्ब ८१ करोड २ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने गौतमले जानकारी दिए।
पुरातत्व विभागले काठमाडौं उपत्यकाभित्र भूकम्पले क्षति पुराएको ५ सय ४० वटा संरचनामध्ये १ सय ६९ को निर्माण सम्पन्न भएको, काम भइरहेका २ सय ५६ र बाँकी १ सय २३ वटामा काम हुन बाँकी रहेको जनाएको छ। यसबाहेक अन्य जिल्लाको ३ सय ८० वटा सम्पदामध्ये १ सय ३९को निर्माण सम्पन्न भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।