काठमाडौं- नेपाल एसबिआई बैंकको नाफा २.१५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिम एक अर्ब रुपैयाँ नाफा गरेको छ।
गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब दुई करोड रुपैयाँ आर्जन गरेको थियो। खुद व्याज आम्दानीमा ८.१२ प्रतिशतले गिरावट हुँदा दुई अर्ब एक करोड रुपैयाँ आर्जन गरेको छ। निक्षेप र कर्जा लगानीमा उल्लेख्य सुधार भए पनि खुद व्याज आम्दानीमा भने गिरावट आएको देखिन्छ।
बैंकले छ महिनाको अवधिमा निक्षेप संककल ६.५९ प्रतिशतले सुधार गरेको छ भने कर्जा लगानी ११.६७ प्रतिशतले बढाएको छ। यसै अवधिमा एक खर्ब चार अर्ब रुपैयाँ निक्षेप संकलन गर ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा विस्तार गरेको हो।
बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब १० करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ। बैंकको फण्डको लागत 'कस्ट फण्ड' बढ्दा व्याज खर्च बढेको छ।
व्याज खर्च बढ्दा खुद व्याज आम्दानी ८.१२ प्रतिशतले घटेको हो। यस्तो लागत ५.९१ प्रतिशतबाट बढेर ७.०९ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।