काठमाडौं- एनएमबि बैंक व्यवसाय विस्तारमा थप आक्रमक देखिएको छ।
बैंकले ६ महिनाकै अवधिमा निक्षेप २६ प्रतिशतले बढाउन सफल भएको छ भने कर्जा लगानी २८ प्रतिशतले सुधार गरेको छ। व्यवसाय विस्तारमा आक्रमक बैंकले नाफा पनि ४७.४० प्रतिशतले बढाएको छ।
बैंकले दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा एक अर्ब १० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
विदेशबाट कर्जा ल्याएर लगानी गरेको बैंकको खुद व्याज आम्दानीमा ३६.३४ प्रतिशतले बढेको छ। यसै अवधिमा बैंकले दुई अर्ब ७३ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा दुई अर्ब रुपैयाँ आर्जन गरेको छ।
दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले ९७ अर्ब निक्षेप संकलन गरि ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब २१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ। कर्जा विस्तारसँगै खराव कर्जा भने बढेको छ।
एक वर्षको अवधिमा १.२० प्रतिशत विन्दुले बढेर १.९६ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी ५ रुपैयाँले सुधार भएर २८ रुपैयाँ पुगेको छ। जवकी बैंकको चुक्ता पुँजी नै १९ प्रतिशतले बढेको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।