काठमाडौं- जनतासँग मर्जर भएर सबैभन्दा ठूलो बनेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। दुई ठूलो वाणिज्य बैंक मर्जर भएर नाफा आर्जनमा पहिलो बने पनि प्रतिशेयर आम्दानीका हिसाबले भने धेरै पछाडि परेको छ।
अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये एनआईसी एशियाले दुई अर्ब एक करोड रुपैयाँ नाफा गरे पनि उसको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ छ। ग्लोबल आइएमई एक्लैले यस अवधिमा एक अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
जनता बैंकलाई मर्जर गरेसँगै ग्लोबलको खराव कर्जा ह्वात्तै बढेको छ। गत वर्ष ग्लोबल एक्लैको खराव कर्जा ०.७५ प्रतिशत रहेकोमा मर्जरपछि बढेर १.२ प्रतिशत पुगेको छ। कर्जा निक्षेपमा सबैभन्दा अगाडि रहेको ग्लोबलले तीन अर्ब ५४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।
मर्जरपछि बैंकको निक्षेप एक खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी एक खर्ब ९० अर्ब रुपैयाँ रहेको छ। यस अगाडि सबैभन्दा धेरै निक्षेप रहेको एनआईसी एशियाको अहिले एक खर्ब ७८ अर्ब रुपैयाँ छ।
बैंकको पुँजीकोष अनुपात केहि बढेर ११.४७ प्रतिशत थियो। मर्जपछि बैंकको कस्ट अफ फण्डमा भने केहि कमी आएको छ। जनताको कारणले बैंकको प्रतिशेयर एक रुपैयाँले घटेर २२ रुपैयाँ छ। जवकी जनता एक्लैको नाफा ३७ प्रतिशतले बढेको छ।
चुक्ता पुँजी वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा धेरै १८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।