• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उपभोक्ता ठगी मुद्दामा जरिवाना तिराउने वाणिज्य विभागको निर्णयमाथि दराजको आपत्ति

बदनियतपूर्ण रुपमा बदनाम गर्न खोजेको दराजको आरोप, विभाग भन्छ– नसुध्रिए थप कारबाही हुन्छ
64x64
नेपाल लाइभ शुक्रबार, माघ २४, २०७६  १६:४६
1140x725

काठमाडौं– उपभोक्ता ठगीको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आर्थिक जरिवाना गरेपछि अनलाइन व्यापार कम्पनी दराज क्यामुले उक्त निर्णय बदनियतपूर्ण रहेको प्रतिक्रिया दिएको छ। 

दराजले एक वक्तव्य जारी गर्दै विभागको कारबाही एकपक्षीय, दुराशयपूर्ण र अपारदर्शी रहेको जनाएको छ। त्यस्तै दराजले विभागले गरेको कारबाहीको प्रक्रियामाथि पनि कानुनी रुपमा प्रश्न उठाएको छ। 

अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराज क्यामुलाई माघ २० गते ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। फुटेको सामान फिर्ता नगरेको तथा एउटा सामान भनेर अर्कै सामान बेचेको भन्दै उपभोक्ताको गुनासो आएपछि विभागले गत कात्तिक अन्तिम साता अनुगमन गरेको थियो। 

तर दराजले भने सामान फिर्ता गर्न ७ दिनको सजिलो ‘रिटर्न’ र ‘रिफन्ड’ नीति रहेको भएपनि आफूलाई त्यस्तो व्यवस्था कार्यान्वयनका लागि अवसर नै नदिएको जनाएको छ। ‘खरीददारहरूले सजिलैसँग एप वा वेबसाइटमार्फत सामान फिर्ता गर्ने प्रक्रिया सुरु गर्न सक्छन् र उनीहरूको बैंक खातामा पूर्ण रकम फिर्ता गरिन्छ,’, वक्तव्यमा भनिएको छ। ‘जब हाम्रा बिक्रेताहरूले हाम्रो मूल्य–मान्यताहरू तथा कडा मापदण्ड पालना गर्दैनन् तब उनीहरूलाई दराजमा बिक्री गर्नबाट रोकिन्छ। दराज नेपाली कानून र कर दायित्वहरूको १००५ पालना गर्दछ,’ दराजको स्पष्टिकरण छ। 

सामान फिर्ता नगरेको र फुटेका सामान बेचेको भन्दै विभागमा उजुरी गरेका खरिदकर्तासँग आपसी सहमतिमा कुरा टुंगाउन सकिने भए पनि खरिदकर्ताले विभागमा उजुरी गरेर गल्ती गरेको आशय दराजले जारी गरेको विज्ञप्तीमा छ। तर विभागमा उजुरी दिएका उजुरीकर्ताले भने ‘पटक–पटक दराजलाई यस विषयमा जानकारी गराउँदा पनि वास्ता नगरेको र आफू मर्कामा परेको’ कुरा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार विभागले उपभोक्तामार्फत् परेको उजुरीका आधारमा स्थलगल अनुगमन र दराजले गरिरहेको व्यापारको वैधताका विषयमा कम्पनीसँग सम्बन्धित विभिन्न कागजात झिकाएर अध्ययन गरेको थियो। ‘स्थलगत अनुमगन, त्यसपछि विभिन्न समयमा दराजका प्रतिनिधिसँगको सोधपुछ र उसले उपलब्ध गराएका कागजातको अध्ययनपछि उपभोक्ता ठगी गरेको पुष्टि भएको हो। त्यसैअनुसार विभागले कारबाही गर्‍यो। उद्योग विभागमा दर्ता भएको कम्पनीले व्यापार गर्न पाउँदैन। हामीले उसलाई त्यसमा पनि सचेत गराएका छौं,’उनले भने। 

सामान फिर्ता नभएर खरिदकर्ता मर्कामा परेको विषयमा दराज आफैंले सजिलै समस्या समाधान गर्न सक्ने अवस्था रहे पनि विभागले त्यसलाई अतिरन्जित ढंगले अघि बढाएको आरोपसमेत उसको छ। ‘दराज को माध्यम बाट ७ दिने सजिलो फिर्ता प्रक्रिया सुरू गर्नुको साटो उक्त व्यक्तिले सिधै वाणिज्य विभागका अधिकारीलाई गुनासो गरे। हामी उक्त समस्याको निराकरण सजिलै गर्न सक्ने थियौं। हामीले पछि सम्पर्क गर्दा उजुरी गर्ने व्यक्तिले रकम फिर्ता लिन पनि अस्वीकार गरे,’ दराजको विज्ञप्तिमा भनिएको छ। 

दराजले आफूविरुद्ध विभागमा उजुरी गर्ने उपभोक्ताको विवरण सार्वजनिक गर्न भने पनि विभागले अस्वीकार गरेको छ। कानुनतः विभागले गर्ने अनुसन्धानसँग सम्बन्धित त्यस्तो विवरण सार्वजनिक गर्न पनि मिल्दैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विभागले करिब ३ महिना अवधि लगाएर दराजको व्यापारको वैधता, उसले गरिरहेका क्रियाकलाप र त्यसका कानुनी आधारका विषयमा अध्ययन गरेको थियो। तर दराजले भने आफूले समस्या सुल्झाउन मौकासमेत नपाएको जनाएको छ। ‘‘दराजलाई आन्तरिक अनुसन्धान गर्ने वा मैत्रीपूर्ण तरिकाले मुद्दा सुल्झाउने मौका नदिई विभागबाट  निर्णय भएको छ। यस्ता दुर्लभ र दुर्भाग्यपूर्ण घटनाको अतिरन्जित प्रचार साथै पारदर्शिता अभावले यस कम्पनीलाई बदनियतबस र जानाजानी बदनाम गर्न खोजिएको त होइन भन्ने प्रश्न खडा भएको छ,’ दराजको विज्ञप्तीमा भनिएको छ। 

विभागका महानिर्देशक सुवेदी भने दराजलाई पर्याप्त समय नदिएको भन्दा पनि आवश्यकभन्दा बढी समय दिएको बताउँछन। ‘हामीले उपभोक्ता ठगी र बजार अनुगमनका विषयमा तत्काल कारबाही गर्छौ। तर दराजको बारेमा विस्तृत अध्ययन गर्न र निष्र्ष निकाल्न तीन महिना लाग्यो। यो वास्तवमा निकै बढी समय हो,’ उनले भने। 

विभागले दराजलाई उपभोक्ता अधिकारका विषयमा सचेत हुन र उसले कानुनी रुपमा जुन व्यवसाय गर्न पाउँछ, त्यही मात्र गर्न निर्देशन दिए पनि दराजले भने विभागसँगको कानुनी लडाइँ लड्न आफू अझै तयार रहेको जनाएको छ। ‘यो विषयमा दराजको अनुसन्धान जारी रहनेछ र यसमा संलग्न सबै पक्षलाई न्याय दिलाउन आवश्यक परेमा कानुनको व्यवस्थाअनुरुप कानुनी सहारा लिने छ,’ उसको विज्ञप्तिमा भनिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्