काठमाडौं- नेपाल व्यवस्थापन संघले यस वर्षको म्यानेजर अफ दी इयरको उपाधि दुईजना बैंकरलाई प्रदान गरेको छ। संघले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीलाई यो अवार्ड प्रदान गरेको हो।
संघको ३९ औँ वार्षिकोत्सको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले म्यानेजर अफ दि इयरको उपाधि श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। यस्तै उत्कृष्ट महिला व्यवस्थापक मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुन्जेलीलाई प्रदान गरिएको हो।
आफ्नो वार्षिकोत्सवको अवसरमा संघले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकलाई सम्मान गर्दै आएको छ। शुक्रबार नै संघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।