काठमाडौं- हालैको सरुवापछि अर्थ मन्त्रालय प्रवेश गरेका तीन सहसचिवको जिम्मेवारी तोकिएको छ। सहसचिवहरु बाबुराम अधिकारी, बाबुराम भण्डारी र बद्रिराम अर्यालयको जिम्मेवारी तोकिएको हो।
सामान्य प्रशासन मन्त्रालबाट अर्थ पुगेका अधिकारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाइएको छ। केन्द्रका तत्कालीन् प्रमुख सहसचिव सुशील पाण्डेले कात्तिकमा अवकाश पाएपछि रिक्त रहेको स्थानमा अधिकारीलाई पठाइएको हो।
यसैगरी हालै सहसचिव बढुवा भएका भण्डारीलाई अर्थ मन्त्रालयको प्रशिन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। अर्थकै प्रशासनमा उपसचिव रहेका भण्डारीले माघ ७ गते बढुवाको पत्र बुझेका थिए।
यसैगरी अर्का सहसचिव अर्यालको जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयमा तोकिएको छ। लेखाको पृष्ठभूमिबाट हुर्किएका अर्याललाई सरकारी हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयमा पठाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अर्थ मन्त्रालय आएका सहसचिव यामलाल भुसालको भने जिम्मेवारी तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।