काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुत्रबार (आज)देखि पोखरा उडान सुरु गरेको छ।
श्रीले सुरुवाती चरणमा दैनिक २ वटा उडानसहित पोखरा उडान सुरु गरेको हो। ८० सिट क्षमताको टर्बोप्रोप क्यु–४०० जहाजमार्फत श्रीले पोखरा उडान सुरु गरेको हो।
सुरुवाती चरणमा प्रवर्द्धनात्मक भाडा भन्दै श्रीले काठमाडौं–पोखराको भाडा २ हजार र पोखरा काठमाडौं भाडा २६ सय रुपैयाँ तोकको छ। पोखरा उडानसँगै श्रीको उडान गन्तव्य ८ पुगको छ।
श्रीकाे अब नेपालगञ्ज, धनगढी, भैरहवा, जनकपुर, भद्रपुर, विराटनगर र राजविराजमामा उडान हुनेछ। साथै श्रीले सिमरा उडान केही समयभित्रै गर्ने तयारी गरेको छ। सिमरामा पनि परीक्षण उडान गरेर नियमित उडानको तयारी भइरहेको एयरलाइन्सका बजार व्यवस्थापक अनिल मान्नधरले जानकारी दिए।

श्रीले दुईवटा ८० सिट क्षमताको टर्बोप्रोप क्यु–४०० जहाज भित्र्याउँदै पोखरा र जनकपुर उडान सुरु गरेको हो। श्रीसँग अहिले ५० सिट क्षमताका दुईवटा सिआरे २००, ७० सिट क्षमताका दुईवटा र दुईवटा ८० सिट क्षमताको टर्बोप्रोप क्यु–४०० जहाज छन्।
अहिले बुद्ध, यती र सिम्रिकले पोखरा उडान गर्दै आएका थिए। उक्त भिडमा श्री थपिएको हो।
श्रीको आक्रमक बजार विस्तारसँगै आन्तरिक उडानमा त्रिपक्षीय प्रतिस्पर्धा सुरु भएको छ। अहिले आन्तरिक उडानमा बुद्ध, श्री र यतीबीच हवाई भाडामा प्रतिस्पर्धा सुरु भएको छ। त्रिपक्षीय प्रतिस्पर्धाका कारण सौर्य र सिम्रिक एयर दबाबमा परेका छन्।
सिम्रिक र सौर्यले दुईवटा जहाज भएपनि एउटा जहाजमार्फत उडान गरिरहेका छन्। आन्तरिक उडानमा श्रीको प्रवेशसँगै प्राइसवार सुरु भएको सिम्रिक एयरका बजार व्यवस्थापक प्रजवल थापा बताउँछन्। ठूला एयलाइन्सहरुको प्रतिस्पर्धाले साना जहाज र थोरै जहाज भएका एयरलाइन्स कम्पनी दबाबमा परेको उनको भनाई छ।
र याे पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।