काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन स्टिल्स उत्पादन गर्ने ३ वटा उद्योगलाई कारबाही गरेको छ।
विभागले नेपाल गुणस्तर मापदण्ड विपरित रहेका स्टिल्स उत्पादन गर्ने दुई वटा उद्योगको उत्पादन इजाजत र एउटालाई बजारबाट सामान फिर्ता लैजान निर्देशन दिएको छ।
विभागले गोदावरी स्टिल्स प्राली रौतहटको टिएमटी बार ८ एमएम फि ५०० टी स्टिल्सको उत्पादन इजाजत स्थगन गरको हो।
यसैगरी गोयन्का स्टिल्स प्राली रुपन्देन्हीको टिएमटी बार ८ एमएम, २५ एमएम साइजको डन्डी उत्पादन इजाजत स्थगन गरेको हो।
यस्तै अशोक स्टिल्स प्राली बाराको टिएमटी बार १२ एमएम फि ५०० साइजको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्ने र स्पष्टकीरण माग गर्ने विभागले निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।