• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कीर्तिपुरमा पहिलो एकदिवसीय : नेपालको हारका चार दृश्य

64x64
सराेज तामाङ बिहीबार, माघ २३, २०७६  ०६:०३
1140x725

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय खेल सम्पन्न भयो। घरेलु मैदानमा भएको ऐतिहासिक एकदिवसीय सिरिजमा नतिजा भने ओमानलाई सुम्पियो। 

बुधबार त्रिवि मैदानले आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाल र ओमानबीचको खेल खेलाउने मौका पायो। नेपालमा भएको पहिलो एकदिवसीय खेलमा भने ओमानसँग १८ रनको झिनो अन्तरले पराजित हुन पुग्यो।

घरेलु मैदान र उल्लेख्य दर्शकको साथ पाएर पनि नेपाली टिमले नतिजा आफ्नो पक्षमा पार्न सकेन। नेपालको हार भएको खेलमा केही पक्षहरु भने रोचक थिए। केही खेलाडीले आश लाग्दो प्रदर्शन गरे। तर केही खेलाडीको भने निराशाजनक प्रदर्शन रह्यो। जसले गर्दा नेपालको पराजय निश्चित बन्यो।

हारको कारण के?
५० ओभरको खेलमा १ सय ९८ रनको लक्ष्य। ओभरको हिसाबले यो लक्ष्य अति सामान्य हो। २० ओभरमै २ सय माथिको लक्ष्य भेटाएको थुप्रै खेलहरु हुने समयमा ५० ओभरमा संयमता नहुनु दुःखद हो। 

लक्ष्य सानो थियो। ओभर धेरै। सुरुमै दबाब लिएर खेल्नु पर्ने अवस्था थिएन। नेपालको ओपनिङमा आए पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल।

पहिलो ओभर पूरै पारसले डट बल खेले। दोस्रो ओभरमा कप्तान ज्ञानेन्द्रले पनि त्यही लय समाते। तर तेस्रो ओभरमा नेपालले ४ रन बटुल्दा पारसको नाममा ३ र कप्तान ज्ञानेन्द्रको नाममा १ रन रह्यो।

तर ३.५ ओभरमा भने कप्तान ज्ञानेन्द्र मल्ल गलत सर्टको सिकार भए। आफ्नै गल्तिका कारण उनी आउट भए। यो बेला नेपालको स्कोर ४ रन थियो। लगत्तै पारस पनि विबाल खानको बलमा आउट भए। योसँगै नेपालको २ विकेट गुम्दा ४ रन भयो। अब प¥यो संकट।

Ncell 2
Ncell 2

तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले मिलेर नेपालको स्कोरलाई ६६ रनसम्म पु¥याए। दुबैले ६२ रनको साँझेदारी गर्दा दीपेन्द्र ३६ रनमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका आरिफ ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल शून्यमै पेविलियन फर्किए। विनोद भण्डारीले २६ रन बनाए।

एकपछि अर्को विकेट गए पनि क्रिजमा एक योद्धासरी टिकिरहे शरद। उनलाई साथ दिन सन्दीप लामिछाने आए। शरदले ५५ रन बनाए।

४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो। क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन बनाएका सन्दीप लामिछाने। खेल नेपालको पक्षमा थियो। 

तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा आयो। लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भए। यसपछि भने खेल ओमानको पोल्टामा गयो अन्ततः नेपाल १८ रनको झिनो अन्तरले पराजित भयो।

यदि पारस र ज्ञानेन्द्र चलेको भए? सुरुवातमै दबाबमा आएको कारण नेपालले खेल गुमाउन पुग्यो।

के नेपालको रणनीति असफल भएको हो? या ब्याटिङ आर्डर नमिलेको ? तर यो कुरामा कप्तान ज्ञानेन्द्र मल्ल भने असहमति राख्छन्। कप्तान ज्ञानेन्द्रले आजकै जस्तो खेल अरुबेला हुन नसक्ने बताउँछन्। उनले भने, ‘आजको खेलमा हामी चल्न सकेनौं। तर सधै यस्तो हुँदैन। पारस र म चलेको भए नतिजा नै बेग्लै हुन्थ्यो।’

आगामी खेलमा यहि ब्याटिङ अर्डरमा नेपालले ब्याटिङ थाल्ने छ। कप्तान ज्ञानेन्द्रको भनाइले यहि संकेत गर्छ।

यता, ओमानका कप्तान जिसान माकसोदले आफूहरुले उत्कृष्ट खेलको कारण नतिजा आफ्नो पक्षमा परेको बताए।

अविनाश र सुशनको डेब्यू
नेपालले २०७४ चैत्त १ गते एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाए पनि अविनाश बोहरा र सुशन भारीले डेब्यु गर्न पाएका थिएनन्।

तर दुबै खेलाडी नेपाली टिमका नियमित सदस्य हुन्। ओमानविरुद्ध लिग–टु मा डेब्यु गरेका अविनाश र सुशन दुबैले राम्रो प्रदर्शन गरेका छन्।

सुशनले त झनै किफायती बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर मात्र १४ रन खर्चिदै ३ विकेट लिए। आफ्नो डेब्यु खेलमा नै तहल्का मचाएका सुशनले आगामी दिनमा पनि राम्रो प्रदर्शन गर्ने आश देखाएका छन्।

उनले ओमानका सन्दीप गौदलाई ३३ रनमा क्याच आउट गराउनका साथै कप्तान जिसान माकसोदलाई २० रनमा एल्बिडब्लु आउट गराए। त्यस्तै, सुरज कुमारलाई शून्यमै पेविलियन फर्काउँदै उनले किफायती बलिङ गरे।

अविनाशले विकेट लिन सकेनन्। तर ९ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै ३८ रन खर्चिए।

करण हिरोदेखि जिरो
नेपाली क्रिकेटमा करण साचिकै हिरो हुन्। जब टस जितेर नेपालले बलिङ रोज्यो करणले चमत्कार नै देखाए।

ओपनिङ बलिङ गरेका करणले तेस्रो बलसम्म डट बल फाले। चौथो बलमा चौका खाएका करणले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहलाई बोल्ड आउट गराए।

यो ओभरमा करणले ४ रन दिएर १ विकेट लिए। पहिलो ओभरमै कसिलो बलिङ गरेका करणले नेपाललाई उत्कृष्ट सुरुवात दिलाए।

६.४ ओभरमा १९ रन हुँदा ओमानले दोस्रो विकेट गुमायो। यो पटक खवार अलीको विकेट पनि करणले नै चट्काए। योसँगै नेपाल पूरै हावी भयो।

करणकै सुरुवाती दुई र अन्तिम दुई विकेटमा ओमानलाई सामान्य स्कोरमै समेट्यो। ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो।

नेपालका लागि करणले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै एक ओभर मेडन राखेर ४७ रन खर्चिए। दीपेन्द्रले पनि एक विकेट लिए।

पछिल्लो समयमा करणलाई अलराउण्डरको रुपमा चिनिन्छ। नेपाल हार नजिक हुँदा करणले नेपाललाई जिताएको थुप्रै खेलहरु छन्।

३३.१ ओभरमा विनोद भण्डारी २६ रनमा आउट भए। यतिबेला नेपालको स्कोर ११६ रनमा ६ विकेट भयो। अब क्रिजमा आए करण केसी।

जितको लागि नेपाललाई ८२ रनको आवश्यक थियो भने क्रिजमा अझै थिए करण र सेट भइसकेका ब्याट्सम्यान शरद भेषावकर। तर बलिङमा चम्किएका करण ब्याटिङमा फ्लप भए। ८ बलको सामना गरेका उनी शून्यमै आउट भए। 

सन्दीपको छक्कामा बुरुक्क दर्शक
सन्दीप लामिछाने बलर हुन्। ब्याटिङ अर्डरमा उनी नवौं नम्बरमा आए। त्यो बेला नेपालको अवस्था निकै नाजुक थियो।

तर सन्दीपले निकै आक्रामक ब्याटिङ गर्दै चौकासँगै छक्का हाने। हारिन्छ भनेर लुरुक्क परेको दर्शक पनि बुरुक्क उफ्रिए। र भन्न थाले सन्दीप... सन्दीप....।

नभन्दै उनी नेपालको सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा रहे। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए।

शरद ५५ रन बनाएर आउट हुँदा ताली बजाएका दर्शकलाई सन्दीपमाथि निकै विश्वास थियो। तर सन्दीप पनि आउट भएपछि दर्शक मैदानबाट बाहिरिन थाले।

सन्दीपको यो खेलमा सफलतासँगै असफलता पनि जोडिएको छ। त्यो असफलता ब्याटिङले छोप्यो। त्रिवि मैदानमा नेपाल र ओमानबीचको खेल चलिरहँदा विश्व क्रिकेटमा ख्याति कमाएका बलर सन्दीप नै थिए। विश्वस्तरीय बलर सन्दीप तर ओमानविरुद्धको खेलमा भने विकेट लिन सकेनन्।

दर्शकले सन्दीपलाई उडाउँदै ‘८ हजार ८ सय ४८ रुपैयाँ दिनुपर्छ भन्दै विकेट नलिएको’ सम्म भन्न भ्याए। हुन पनि सन्दीपको बलिङ कुनै विश्वस्तरीय खेलाडीको जस्तो थिएन। उनले फ्याकेको बलले कुनै प्रभाव नै पार्न सकेन। १० ओभर बलिङ गरेका उनले १ ओभर मेडन राखेर विना विकेट ४५ रन खर्चिए।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भरिभराउ बन्दिपुरका होटल मंगलबार, मंसिर ९, २०८२
मधेस प्रदेशमा आज सार्वजनिक बिदा मंगलबार, मंसिर ९, २०८२
एनपिएल: काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै मंगलबार, मंसिर ९, २०८२
आज विवाह पञ्चमी : जनकपुरमा भव्य उत्सव मंगलबार, मंसिर ९, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी सोमबार, मंसिर ८, २०८२
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्