• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कीर्तिपुरमा पहिलो एकदिवसीय : नेपालको हारका चार दृश्य

64x64
सराेज तामाङ बिहीबार, माघ २३, २०७६  ०६:०३
1140x725

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय खेल सम्पन्न भयो। घरेलु मैदानमा भएको ऐतिहासिक एकदिवसीय सिरिजमा नतिजा भने ओमानलाई सुम्पियो। 

बुधबार त्रिवि मैदानले आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाल र ओमानबीचको खेल खेलाउने मौका पायो। नेपालमा भएको पहिलो एकदिवसीय खेलमा भने ओमानसँग १८ रनको झिनो अन्तरले पराजित हुन पुग्यो।

घरेलु मैदान र उल्लेख्य दर्शकको साथ पाएर पनि नेपाली टिमले नतिजा आफ्नो पक्षमा पार्न सकेन। नेपालको हार भएको खेलमा केही पक्षहरु भने रोचक थिए। केही खेलाडीले आश लाग्दो प्रदर्शन गरे। तर केही खेलाडीको भने निराशाजनक प्रदर्शन रह्यो। जसले गर्दा नेपालको पराजय निश्चित बन्यो।

हारको कारण के?
५० ओभरको खेलमा १ सय ९८ रनको लक्ष्य। ओभरको हिसाबले यो लक्ष्य अति सामान्य हो। २० ओभरमै २ सय माथिको लक्ष्य भेटाएको थुप्रै खेलहरु हुने समयमा ५० ओभरमा संयमता नहुनु दुःखद हो। 

लक्ष्य सानो थियो। ओभर धेरै। सुरुमै दबाब लिएर खेल्नु पर्ने अवस्था थिएन। नेपालको ओपनिङमा आए पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल।

पहिलो ओभर पूरै पारसले डट बल खेले। दोस्रो ओभरमा कप्तान ज्ञानेन्द्रले पनि त्यही लय समाते। तर तेस्रो ओभरमा नेपालले ४ रन बटुल्दा पारसको नाममा ३ र कप्तान ज्ञानेन्द्रको नाममा १ रन रह्यो।

तर ३.५ ओभरमा भने कप्तान ज्ञानेन्द्र मल्ल गलत सर्टको सिकार भए। आफ्नै गल्तिका कारण उनी आउट भए। यो बेला नेपालको स्कोर ४ रन थियो। लगत्तै पारस पनि विबाल खानको बलमा आउट भए। योसँगै नेपालको २ विकेट गुम्दा ४ रन भयो। अब प¥यो संकट।

nimb
nimb
Ncell 2
Ncell 2

तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले मिलेर नेपालको स्कोरलाई ६६ रनसम्म पु¥याए। दुबैले ६२ रनको साँझेदारी गर्दा दीपेन्द्र ३६ रनमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका आरिफ ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल शून्यमै पेविलियन फर्किए। विनोद भण्डारीले २६ रन बनाए।

एकपछि अर्को विकेट गए पनि क्रिजमा एक योद्धासरी टिकिरहे शरद। उनलाई साथ दिन सन्दीप लामिछाने आए। शरदले ५५ रन बनाए।

४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो। क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन बनाएका सन्दीप लामिछाने। खेल नेपालको पक्षमा थियो। 

तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा आयो। लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भए। यसपछि भने खेल ओमानको पोल्टामा गयो अन्ततः नेपाल १८ रनको झिनो अन्तरले पराजित भयो।

यदि पारस र ज्ञानेन्द्र चलेको भए? सुरुवातमै दबाबमा आएको कारण नेपालले खेल गुमाउन पुग्यो।

के नेपालको रणनीति असफल भएको हो? या ब्याटिङ आर्डर नमिलेको ? तर यो कुरामा कप्तान ज्ञानेन्द्र मल्ल भने असहमति राख्छन्। कप्तान ज्ञानेन्द्रले आजकै जस्तो खेल अरुबेला हुन नसक्ने बताउँछन्। उनले भने, ‘आजको खेलमा हामी चल्न सकेनौं। तर सधै यस्तो हुँदैन। पारस र म चलेको भए नतिजा नै बेग्लै हुन्थ्यो।’

आगामी खेलमा यहि ब्याटिङ अर्डरमा नेपालले ब्याटिङ थाल्ने छ। कप्तान ज्ञानेन्द्रको भनाइले यहि संकेत गर्छ।

यता, ओमानका कप्तान जिसान माकसोदले आफूहरुले उत्कृष्ट खेलको कारण नतिजा आफ्नो पक्षमा परेको बताए।

अविनाश र सुशनको डेब्यू
नेपालले २०७४ चैत्त १ गते एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाए पनि अविनाश बोहरा र सुशन भारीले डेब्यु गर्न पाएका थिएनन्।

तर दुबै खेलाडी नेपाली टिमका नियमित सदस्य हुन्। ओमानविरुद्ध लिग–टु मा डेब्यु गरेका अविनाश र सुशन दुबैले राम्रो प्रदर्शन गरेका छन्।

सुशनले त झनै किफायती बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर मात्र १४ रन खर्चिदै ३ विकेट लिए। आफ्नो डेब्यु खेलमा नै तहल्का मचाएका सुशनले आगामी दिनमा पनि राम्रो प्रदर्शन गर्ने आश देखाएका छन्।

उनले ओमानका सन्दीप गौदलाई ३३ रनमा क्याच आउट गराउनका साथै कप्तान जिसान माकसोदलाई २० रनमा एल्बिडब्लु आउट गराए। त्यस्तै, सुरज कुमारलाई शून्यमै पेविलियन फर्काउँदै उनले किफायती बलिङ गरे।

अविनाशले विकेट लिन सकेनन्। तर ९ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै ३८ रन खर्चिए।

करण हिरोदेखि जिरो
नेपाली क्रिकेटमा करण साचिकै हिरो हुन्। जब टस जितेर नेपालले बलिङ रोज्यो करणले चमत्कार नै देखाए।

ओपनिङ बलिङ गरेका करणले तेस्रो बलसम्म डट बल फाले। चौथो बलमा चौका खाएका करणले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहलाई बोल्ड आउट गराए।

यो ओभरमा करणले ४ रन दिएर १ विकेट लिए। पहिलो ओभरमै कसिलो बलिङ गरेका करणले नेपाललाई उत्कृष्ट सुरुवात दिलाए।

६.४ ओभरमा १९ रन हुँदा ओमानले दोस्रो विकेट गुमायो। यो पटक खवार अलीको विकेट पनि करणले नै चट्काए। योसँगै नेपाल पूरै हावी भयो।

करणकै सुरुवाती दुई र अन्तिम दुई विकेटमा ओमानलाई सामान्य स्कोरमै समेट्यो। ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो।

नेपालका लागि करणले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै एक ओभर मेडन राखेर ४७ रन खर्चिए। दीपेन्द्रले पनि एक विकेट लिए।

पछिल्लो समयमा करणलाई अलराउण्डरको रुपमा चिनिन्छ। नेपाल हार नजिक हुँदा करणले नेपाललाई जिताएको थुप्रै खेलहरु छन्।

३३.१ ओभरमा विनोद भण्डारी २६ रनमा आउट भए। यतिबेला नेपालको स्कोर ११६ रनमा ६ विकेट भयो। अब क्रिजमा आए करण केसी।

जितको लागि नेपाललाई ८२ रनको आवश्यक थियो भने क्रिजमा अझै थिए करण र सेट भइसकेका ब्याट्सम्यान शरद भेषावकर। तर बलिङमा चम्किएका करण ब्याटिङमा फ्लप भए। ८ बलको सामना गरेका उनी शून्यमै आउट भए। 

सन्दीपको छक्कामा बुरुक्क दर्शक
सन्दीप लामिछाने बलर हुन्। ब्याटिङ अर्डरमा उनी नवौं नम्बरमा आए। त्यो बेला नेपालको अवस्था निकै नाजुक थियो।

तर सन्दीपले निकै आक्रामक ब्याटिङ गर्दै चौकासँगै छक्का हाने। हारिन्छ भनेर लुरुक्क परेको दर्शक पनि बुरुक्क उफ्रिए। र भन्न थाले सन्दीप... सन्दीप....।

नभन्दै उनी नेपालको सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा रहे। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए।

शरद ५५ रन बनाएर आउट हुँदा ताली बजाएका दर्शकलाई सन्दीपमाथि निकै विश्वास थियो। तर सन्दीप पनि आउट भएपछि दर्शक मैदानबाट बाहिरिन थाले।

सन्दीपको यो खेलमा सफलतासँगै असफलता पनि जोडिएको छ। त्यो असफलता ब्याटिङले छोप्यो। त्रिवि मैदानमा नेपाल र ओमानबीचको खेल चलिरहँदा विश्व क्रिकेटमा ख्याति कमाएका बलर सन्दीप नै थिए। विश्वस्तरीय बलर सन्दीप तर ओमानविरुद्धको खेलमा भने विकेट लिन सकेनन्।

दर्शकले सन्दीपलाई उडाउँदै ‘८ हजार ८ सय ४८ रुपैयाँ दिनुपर्छ भन्दै विकेट नलिएको’ सम्म भन्न भ्याए। हुन पनि सन्दीपको बलिङ कुनै विश्वस्तरीय खेलाडीको जस्तो थिएन। उनले फ्याकेको बलले कुनै प्रभाव नै पार्न सकेन। १० ओभर बलिङ गरेका उनले १ ओभर मेडन राखेर विना विकेट ४५ रन खर्चिए।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्