काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले यस अगाडि घोषणा गरेको लाभांशलाई घटाएको छ।
बीमा समितिले कम्पनीको वित्तीय विवरणअनुसार लाभांश दिन नमिल्ने भनेपछि लाभांश घटाएको हो। बीमा समितिको पछिल्लो निर्देशिका अनुसार वित्तीय विवरण तयार पार्दा नाफामा कमी आएपछि लाभांश नै घटाउनुपर्ने कम्पनीले जनाएको छ।
बीमा समितिले पछिल्लो समय बीमा कम्पनीहरुको वित्तीय विवरणलाई नयाँ ढाँचाअनुसार तयार पार्न र सोहिअनुसार लाभांश घोषणा गर्न दवाव दिँदै आएको छ। कम्पनीहरुले दायित्व बापतको पैसा व्यवस्थापन नगरी लाभांश दिन थालेपछि पछिल्ला दिनमा धेरै वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गर्दै पुनः परिमार्जन गर्दै आएका छन्। बीमा समितिको पुँजी वृद्धि योजनापछि लाभांशदर विस्तारै घट्न थालेको छ।
कम्पनीले दुई वर्ष अगाडि २० प्रतिशत भन्दा धेरै लाभांश प्रदान गर्दै आएकोमा यस वर्ष १० प्रतिशत भन्दा तल झर्न थालेको हो। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ छ। चार करोड १० लाख रुपैयाँ बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब चार करोड रुपैयाँ पुग्ने छ। यससँगै कम्पनीका शेयरधनीहरुले तीन करोड ८५ लाख रुपैयाँ नगद प्राप्त गर्न सक्ने छन्।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।