काठमाडौं- नेपाल बंगलादेश बैंकको खराव कर्जा बढ्दा नाफा र खुद व्याज आम्दानी दुवैमा प्रभाव परेको छ।
बैंकको खराव कर्जा ०.१४ प्रतिशत विन्दुले बढेर १.९२ प्रतिशत पुगेको छ। बैंकले दोस्रो त्रैमासिक अवधिमा ८० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
गत वर्षको यहि अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ थियो।
खुद व्याज आम्दानी २.९६ प्रतिशतले घटेर एक अर्ब ३५ करोड रुपैयाँमात्रै आर्जन गरेको छ। ६ महिनाको अवधिमा निक्षेप संकलन ५.६२ प्रतिशतले बढाउदा कर्जा विस्तार भने १०.३१ प्रतिशत छ।
दोस्रो त्रैमासिक अवधिमा बैंकले ६३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिशेयर आम्दानी स्थिर रहेको छ। प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको बैंकले स्प्रेडदर भने केहि घटाएको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।