काठमाडौं- हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकले गत वर्षको यहि अवधिको तुलनामा २७ प्रतिशतले बढेको हो। खुद व्याज आम्दानीमा ३.३९ प्रतिशतले मात्रै सुधार भएको बैंकको नाफामा अन्य क्षेत्रको आम्दानीले सपोर्ट गरेको हो।
बैंकले बैंकिङ कारोबार गरेर भन्दा अन्य क्षेत्रबाट हुने आम्दानी २८ प्रतिशतले सुधार गर्दा नाफा बढेको हो। ६ महिनाको अवधिमा बैंकले यस्तो आम्दानी एक अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ।
बैंकले खुद व्याज आम्दानी भने दुई अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ। गत असारकाे तुलनामा बैंकले ३.०६ प्रतिशतले निक्षेप सुधार गर्दा कर्जा विस्तार भने ५.४२ प्रतिशत छ। पुस मसान्तसम्ममा बैंकले एक खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
खराब कर्जा केहि बढेको छ। आधार व्याजदर ८.९२ प्रतिशतमा झार्न सफल भएको छ। प्रतिशेयर आम्दानी ८ रुपैयाँले बढेर ४० रुपैयाँ पुगेको छ। नयाँ गणना विधिले बैंकको स्प्रेडदरमा अस्वभाविक बृद्धि देखिएको छ। बैंकको स्प्रेदर ३.९४ प्रतिशतबाट ५.३२ प्रतिशत पुगेको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।