काठमाडौं– नेपाल बंगलादेश बैँकले अपांगता भएका १० जनालाई ह्विलचियर वितरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार ह्विलचियर वितरण गरेको हो।
बैँकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्रभूषण श्रेष्ठले सिआइएल काठमाडौँका महासचिव श्री गणेश केसीको उपस्थितिमा अपाङ्गता भएकालाई व्हिलचियर प्रदान गरेका हुन्।
बालाजु स्कुल अफ इन्जिनियङि एन्ड टेक्नोलोजीका विद्यार्थी बनाईएका यी व्हिलचियर नेपालमै निर्माण गरिएको हो।
अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन गतिशील बनाउने ह्विलचियर वितरण गरिएको बैंकका सिइओ श्रेष्ठले बताए। साथै नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिक्ता दिँदा देशको आर्थिक वृद्धि र देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।