काठमाडौं- नेपाल व्यवस्थापन संघको ३९ औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा साधारण सभा यही माघ २४ गते हुने भएको छ।
काठमाडौंमा हुने सम्मेलनका प्रमुख अतिथी अर्थमन्त्री डा युवराज खतिवडाको रहेका छन्।
यस वर्ष तथ्यांक परिचालित निर्णय प्रकृया (डाटा ड्रिभन डिसिजन मेकिङ) भन्ने मुख्य नाराका साथ उक्त सम्मेलन हुँदैछ।
सम्मेलनका साथै सोही दिन वार्षिक साधारण सभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान वितरण, कार्यकारी समितिको निर्वाचन र एसियन एशोसियशन अफ म्यानेटमेन्ट अर्गनाइजेसनको एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरिएको संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
सोही सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृश्य २०१९ (म्यानेजमेन्ट डेभलपमेन्ट सिनारियो ) नामक एक अनुसन्धानात्मक कृतिको समेत विमोचन हुँदैछ।
वार्षिक साधारण सभाको अवसरमा संघको १९ औँ कार्यकारी समितिको पनि निर्वाचनअन्तर्गत मतदान कार्यक्रम हुँदैछ। मत परिणाम सोही दिन घोषणा हुनेछ।
यस वर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा एशियाली व्यवस्थापन संघले समेत एसियाली नेतृत्व पुरस्कार साँझ (एशियन लिडरसिप अवार्ड नाइट) आयोजना गरी आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।