काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई अण्डरराइटर नियुक्त गरेको छ।
बैंकले मंगलबार प्राथमिक शेयर निष्काशनका लागि कोषसँग धितोपत्र प्रत्याभूतिका लागि सम्झौता गरेको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डले हस्ताक्षर गरेका छन्।




अण्डरराइटरले प्राथमिक शेयर बिक्री नभएको खण्डमा सकार्नु पर्ने हुन्छ। यसका लागि उसले केही शुल्क लिन पाउछ। बैंकले अहिले निष्काशन गर्न लागेको प्राथमिक शेयर अहिलेसम्मकै सबैभन्दा धेरै हो। अहिलेसम्म कुनै पनि बैंक तथा जलविद्युत कम्पनीले निष्काशन गरेका छैनन्।
अण्डरराइटरले बिक्री नभएको शेयर सकारेर बिक्री गर्न पाउँछ। बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ। बैंकले प्राथमिक शेयर निष्काशनका लागि प्रक्रिया पुरा गरे पनि धितोपत्र निष्काशन नियमअनुसार प्राथमिक शेयर निष्काशनका लागि व्यवसाय सञ्चालनको अनुमति पाइ एक आर्थिक वर्षभरि वित्तीय कारोबार गरि लेखापरीक्षण गरेको हुनुपर्छ। जबकि बैंकले गत वर्षमात्रै सञ्चालन अनुमति पाएको थियो। यस आधारमा बैंकले गत आर्थिक वर्षको लेखापरीक्षण गर्दा पूर्ण रुपमा एक आर्थिक वर्षभरि वित्तीय कारोबार गरेको लेखापरीक्षण गर्न सकेको छैन।
जलविद्युत, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधार क्षेत्रका उपयुक्त परियोजनामा स्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुकभित्र तथा बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी त्यस प्रकारका परियोजनालाई आवश्यक स्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।