काठमाडौं- यहि माघ २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा छैठौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर र इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।
टाइटल स्पोन्सर भने बालाजी सिमेन्ट इन्डस्ट्रिज प्रालि(बाहुबली) सिमेन्ट रहेको छ।
यस प्रदर्शनीमा संसारका विभिन्न देशका ३ सयभन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २ सयभन्दा बढी स्टल राखिने आयोजकले जनाएको छ।
निर्माण व्यवसायसँग सम्बन्धित नयाँ -नयाँ प्रविधिका बारेमा सम्बन्धित सबैलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले यस अन्तराष्ट्रिय प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
‘५ वर्षदेखि निर्माण कम्पनी, डिलर, सब डिलर, तथा बिक्रेताहरुबीच निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी कोसेढुंगा सावित भएको छ‚’ निर्देशक भट्टराइले भने।
यस प्रदर्शनीमा निर्माण सामाग्री, निर्माण मेसिनरी, हेभी निर्माण सामाग्री, प्री फेभ स्टक्चर्स, युपीभिसी विन्डोज मेसिनरी, युपीभिसी प्रोफाइल, डोर्स् एण्ड विन्डोज्, आर्किटेक्चरल हार्डवेअर, बाथरुम फिटिङ, रुफ्लिङ, प्रि इन्जिनियरिङ, बिल्डिङ, पावर टुल्स्, विन्डोज् अर्थ मुभिङ इक्विपमेन्टस्, कम्पोसाइट प्यानललगायत उल्लेख्य सहभागिता रहने जनाइएको छ।
प्रदर्शनीमार्फत नेपालमा उपलब्ध सामग्रीको विश्वबजारमा पहुँच पुग्ने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।