काठमाडौं- गएको एक दशकमा ओपोले विभिन्न स्मार्ट फाेन भित्र्याएकाे छ। तीमध्ये केही उत्कृष्ट स्मार्टफोनहरुबारे यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ।
ओपो फाइन्ड-२०११

सन् २०११ मा ओपोले फाइन्ड (एक्स ९०३) स्मार्टफोन सार्वजनिक गर्याे। उक्त फोनमा साइड स्लिप कभर, फुल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली राखिएको थियो। ओपोको यो कदम सो समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको थियो।
यसमा कलात्मकता र प्रयोगकर्ता मैत्री इन्टरफेस भए पनि यो ओपोद्वारा उत्पादित अहिलेसम्मकै मोटो फोन हो। तसर्थ, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमाथि थप कार्य गर्नुपर्ने देखिन्थ्यो।
ओपो फाइन्डर-२०१२

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन ओपोले विशेष टिमको स्थापना गर्याे। नतिजास्वरुप ओपो फाइन्डरको जन्म भयो। अतिरिक्त पातलो यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डरसम्म आइपुग्दा ओपोले ठूलो छलाङ मारेको छ।
मात्र ६ दशमलव ६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता रहेको ओपो फाइन्डरले सिएनएन जस्ता विभिन्न मिडियामार्फत् अन्तरर्राष्ट्रिय कभरेज पनि प्राप्त गर्याे।
ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा-थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रडक्ट डिजाइन फ्याक्टरका रुपमा स्थापितसमेत भयो। फलस्वरुप एकले भन्दा अर्कोले अझ पातलो फोन निर्माण गर्ने स्पर्धा अहिलेसम्म कायमै छ।
ओपो यूलाईक २- २०१२

यूलाईक- २ को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरुवात मानिन्छ। ओपोका एक डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्बिरका लागि मात्र नभइ फोनको आकारसमेत आकर्षक हुनुपर्ने अवधारणाको अनुसरणमार्फत यसो हुनु सम्भव भएको हो।
ओपो यूलाइक-२ मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५ एमपी फरवार्ड-फेसिङ क्यामेरासहितको पहिलो ओपो उपकरण बन्यो। ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसंगै यसले स्वचालित रुपमै ब्यूटिफिकेसन इफेक्टमार्फत आकर्षक सेल्फी खिच्न सघाउ पुर्यायो।
ओपो एनथ्री- २०१४

‘क्यामेरा मास्टर’का रुपमा परिचित ओपो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भित्र्याउने पहिलो फोन हो। विद्युतिय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो। १६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक इञ्जिन सुसज्जित यो फोन सन् २०१४ को ‘स्ट्रोङ्गेस्ट परफर्मिङ’ स्मार्टफोनका रुपमा पनि लिइन्छ।
फोनको छेउमा राखिएको चार्जिङ पोर्टलगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्लेब्याक तथा गेमिङलगायत मल्टिमिडिया प्रयोगकालागि समेत सहजता प्रदान गर्ने फिचर राखियो। अझ ओपो एनथ्रीमा कम्पनीले ‘ओ-क्लिक’ (छुट्टै किचेन रिमोट) पनि उपलब्ध गराएको थियो। यसको माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्बिर खिच्ने कार्यसमेत गर्न सक्ने अवस्था बनेको थियो।
ओपो आरनाइन- २०१६

सन् २०१६ मा ओपोले हालसम्म पनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्यास चार्जिङ प्रणाली सार्वजनिक गर्याे। फ्ल्यास चार्जिङ ओपो आरनाइनले ५ मिनेट चार्ज गरेको भरमा २ घण्टासम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ। यो मोडलको २ करोड स्मार्टफोन बिक्री हुनुका साथै यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्न सफल भएको थियो।
यो मोडल चिनियाँ मोबाइल बजारमा सर्वाधिक बिक्री हुन सफल रह्यो। सन् २०१६ को नोवेम्बर १ मा यसले स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन ईन्नोभेसन) पनि जित्न सफल भयो।
ओपो फाइन्ड एक्स-२०१८
क्रान्तिकारी स्क्रिन डिजाइन सहितको ओपो फाइन्ड एक्सलाई पहिलो ‘पर्फेक्टली सिमलेस फुल’ स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ। यसमा रहेको कभ्र्ड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित गर्याे।
फाइन्ड एक्सको आगमनसँगै यसले सर्वाधिक ईफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो। फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू ईन्नोभेट’ प्रतिको प्रतिबद्धतापनि प्रदर्शित गरेको छ।
ओपो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज् स्मार्टफोन्स अप द इयर २०१८ मा बेष्ट डिजाइन अवार्ड पनि हात पार्न सफल भयो।
ओपो रेनो फाइभजी- २०१९

सन् २०१९ को सुरुवातसँगै ओपोले आफ्नो नौलो सिरिज ‘ओपो रेनो सार्वजनिक गर्याे। रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरालगायत फिचरहरु उपलब्ध गरिएको छ।
४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्स सहितको फोकल लेन्थ ट्राई-लेन्स रियर क्यामेरा सहितको ओपो रेनो टेन एक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्याे। ओपो रेनो फोटोग्राफर तथा रचनात्मक ब्यक्तिहरुका लागि गो-टू सिरिजका रुपमा स्थापित भयो। साथै, ओपो रेनो फाइभ जी यूरोपमा व्यवसायिक रुपमा बिक्री थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो।
स्विट्जरल्याण्डमा यसको बिक्री आरम्भ स्विट्जरल्याण्ड भरका स्विसकम पसलमार्फत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।