काठमाडौं- सानिमा बैंकले जोरपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सोमबार ७९औं शाखाको स्थापना गरेको हो। नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्राण्ड प्रवर्द्धकद्वय मनन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए।
ग्राहक वर्गका लागि थप सेवा र सुविधाका लागि बैंकले शाखा विस्तार गर्दै लैजाने अध्यक्ष श्रेष्ठले बताए। प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले गुणस्तरीय सेवा प्रदान गर्न बैंक सधैं तयार रहेको बताए।
हाल बैंकले ७९ वटा एटिएममार्फत सुविधा प्रदान गर्दै आएको छ। वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम खराब कर्जा भएको सानिमा बैंकको वित्तीय अवस्था उत्साहप्रद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।