• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

त्रिदेशीय सिरिज : सुस्त क्यान, बढ्दो आकांक्षा 

64x64
सराेज तामाङ मंगलबार, माघ २१, २०७६  ११:३९
1140x725

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारबाट सुरु हुँदैछ। सिरिज त्रिवि क्रिकेट मैदानमा हुन लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

सन् २०२३ को विश्वकप छनोटको रोड म्याप यही सिरिज भएकाले पनि यसको महत्व ठूलो छ। यति ठूलो प्रतियोगिता हुने त्रिवि मैदान र मैदान बाहिरको तयारी कस्तो छ त?

यतिबेला त्रिवि क्रिकेट मैदान सिंगारिन थालिएको छ। सोमबार दिउँसो मैदानमा पुग्दा ठूलो संख्यामा रहेका नेपाल प्रहरी मैदान वरपर निरिक्षण गरिरहेका थिए। मैदानभित्र अमेरिकी टिमले अभ्यास गरिरहेको थियो। मैदानमा केही कामदारले काम पनि गरिरहेका थिए। 

प्रतियोगिताको एक दिनअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले राम्रो भन्न सकिने किसिमको केही काम गरेको छैन। मैदानमा पुग्दा भान हुन्छ- ठूलो प्रतियोगिता हुने स्थल किन यति कमजोर। फुंग रंग उडेको मैदानको दुबो। खिया लागेको र भत्किँदै गरेको वरिपरि बारिएको फलामको तार। 

तर क्यान भने आफूहरुले तयारीमा कुनै कसुर बाँकी नराखेको दाबी गर्छ।

‘पहिलेको भन्दा निकै परिवर्तन भएको छ। हामीले निकै मेहनत गरेका छौं’, क्यानका भेन्यु म्यानेजर अमितवीर पाण्डेले भने, ‘यो समय भनेको दुबो नउम्रने सिजन हो। तर पनि हामीले निकै मेहनत गरेर दुबो उमारेका छौं। सबैले निकै परिश्रम गरेका छन्।’

कुराअनुसार मैदानमा पहिलेको भन्दा सुधार केही देखिँदैन। अन्तिम अवस्थामा चटारो लिने नेपाली शैली त्रिवि मैदानमा पनि देखिएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नयोग्य मैदान छ त?

nimb
nimb
Ncell 2
Ncell 2

दुबो मर्दै गएको छ। क्यान भन्छ दुबो उमार्न यो बेला सकिँदैन। तर बेलैमा तयारी थालिएको भए मैदानको स्वरुप नै परिवर्तन हुन सक्थ्यो। यहि मैदानमा फ्रेन्चाइज लिग र अन्य प्रतियोगिता हुँदा मैदान राम्रो बनिने क्यानले गर्दा नराम्रो?

मैदानको पिच भने उत्कृष्ट बनाएको भेन्यु म्यानेजरको दाबी छ। तर पिचमा पनि धेरै काम भएको छैन। पिचलाई राम्रो सुधार गर्ने हो भने त्यसमा पूरै डोजर लगाएर नयाँ ढंगमा बनाउनुपर्ने यसअघि नै क्युरेटरहरुले बताएका थिए। अहिले विदेशी क्युरेटरलाई झिकाएर पिचको निर्माण गरे पनि त्यसलाई टालटुल पार्ने काम मात्रै भएको छ।

‘हामीले सुरुमा पिचको काम गर्यौं। अहिले पिच पूर्णरुपमा ठीक भइसकेको छ। त्यसपछि हामीले यहाँ टुटेको फुटेको काममा जोड दियौं’ पाण्डेले भने।

सिरिजका लागि नेपालयले टिकट बिक्रीको जिम्मा पाएको छ। टिकट दर दुई सय रुपैयाँ हुने बताइएको छ। पहिलो खेलमा नै झण्डै २० हजार दर्शकको अपेक्षा गरेको क्यानले त्यसको व्यवस्थापन मैदानमा कसरी हुन्छ भन्ने पूर्ण तयारी भने गरेको छैन। 

काम भयो शून्य
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि नेपालले घरेलु मैदानमा ठूला प्रतियोगिता तथा सिरिजको आयोजना गर्ने अवसर पाउने भयो। त्यहि अवसरमध्ये एक यो पनि हो।

२०७४ चैत्र १ गते नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको थियो। त्यसपछि अहिलेसम्म नेपालले घरेलु मैदानमा एदिवसीय क्रिकेट खेलाउन भौतिक संरचना के कस्तो सुधार गर्यो त? हात लाग्यो शुन्य। करिब २ वर्षको अन्तरालमा माथिल्लो स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न नेपालले त्रिवि क्रिकेट मैदानलाई पनि पुनर्निर्माण गर्न सकेन।

२०१५ देखि २०१७ सम्म आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि भनेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बनाइदिएको भवनहरुबाहेक एदविसीय क्रिकेटकै लागि भनेर चाहिने भौतिक संरचना अहिलेसम्म बन्न सकेन।

सरकारकै लगानीमा एक दिवसीय क्रिकेटको लागि भनेर निर्माण हुन लागेको एम्पायरसँगैको भवनको जग पनि लथालिंगै छ। अहिले त्रिदेशीय सिरिजको लागि त्यो भागमा टेन्ट टागेर अन्य खेलाडीलाई राख्ने व्यवस्था मिलाइँदैछ।

त्यसो त नेपालको लागि ठूलो प्रतियोगितामा सुरक्षाको विषय पनि चुनौतीका रुपमा हेरिन्छ। यसअघि नेपाल र अमेरिकाबीचको खेलमा त्रिवि मैदानमा भएको खेलमा निकै ठूलो फन्दा मचिएको थियो। तर यो पटक भने सुरक्षाको कुनै कमि नहुने भेन्यु म्यानेजर पाण्डे बताउँछन्, ‘सुरक्षालाई चुस्त बनाउनका लागि हामीले नेट अभ्यास गर्ने ठाउँ अगाडि पनि बारेका छौं। सुरक्षा व्यवस्था राम्रो हुनेछ। सिसिटिभीदेखि सबैको ब्यवस्था छ।’

नेपाल, अमेरिका र ओमानका खेलाडीलाई कालिमाटी स्थित सोल्टी होटलमा राखिएको छ। अमेरिका क्रिकेट टिम आइबार राति नै त्रिदेशीय सिरिज खेल्न काठमाडौंमा आइसकेको छ। यता, ओमान पनि सोमबार राति नै आइपुगेको छ। सोमबार दिउँसो अमेरिकाले त्रिवि मैदानमा केही घण्टा अभ्यास गरेको छ। मंगलबार मूलपानी मैदानमा अमेरिका र नेपालको अभ्यास खेल पनि चलिरहेको छ। 

सिरिजको उद्घाटन खेलमा नेपालले २२ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, २३ मा ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

माघ २५ नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, २६ गते नेपालले ओमानसँग सिरिजको दोस्रो चरणको खेल खेल्नेछ। त्यस्तै, माघ २८ गते अमेरिकाले ओमानसँग खेल्दा २९ गते सिरिजको अन्तिम खेल नेपालले अमेरिकासँग खेल्नेछ।

कस्तो छ टिम नेपाल?
विश्वकपको रोड म्यापको रुपमा रहेको डिभिजन-टु मा अमेरिकाले ८ खेल र ओमानले ६ खेल खेलिसक्दा नेपालको भने पहिलो सिरिज हो।

यो सिरिजमा सबै टिमले समान ४–४ खेल खेल्ने छन्। सिरिजका लागि नेपाली टिमले पोखरा क्रिकेट मैदानमा करिब एक महिना अभ्यास गरेको थियो।

नेपाली टिमको नेतृत्व कप्तान ज्ञानेन्द्र मल्लले गर्दा उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन्। त्यस्तै, टिममा पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित कुमार पौडेल, शरद भेषावकर र ललित नारायण राजबंशी छन्।

यो पटक सबैभन्दा बढि सम्झिइने खेलाडी हुन्, सोमपाल कामी। केही दिनअघि मात्रै बैवाहिक सम्बन्धमा जोडिएका सोमपाल नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितादेखि नै घाइते छन्। ढाँडमा चोट बोकेका सोमपालले पोखरा प्रिमियर लिग (पिपिएल) मा पनि पूरा खेल खेल्न सकेका थिएनन्।

यो पटक तिब्रगतिका बलर सोमपालको स्थानमा युवा खेलाडी कमलसिंह ऐरीलाई ल्याइएको छ। तर अलराउण्डरको भूमिकामा देखिने सोमपालको स्थान कमलले लिन सक्लान्?

सोमपाल नेपाली क्रिकेटका लागि जुनसुकै समयमा चल्न सक्ने खेलाडी हुन्। उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ठूलो सफलता पाएको थुप्रै उदाहारण छ। हुन त कमल पनि राम्रा खेलाडी हुन्। यु-१९ क्रिकेट टिममा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी पहिलो पटक सिनियर टिममा परेका हुन्। 

योसँगै अब फाष्ट बलिङ कमल, करण केसी र अभिनाष बोहराले सम्हाल्ने छन्। स्पिनरको रुपमा सन्दीपसँगै ललित, सुशन र कुशल मल्ल छन्। त्यसो त, पारस, दीपेन्द्र, आरिफ र शरद पनि पार्टटाइम बलरको रुपमा छन्।

दुई दिनअघि प्रशिक्षकको राजीनामा
नेपालले महत्वपूर्ण सिरिज खेल्ने दुई दिनअघि प्रशिक्षक उमेश पटवालले राजीनामा दिए। जसमा क्यान नै बेखबर जस्तो छ। 

क्यान निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) मार्फत पटवाल प्रशिक्षकमा नियुक्त भएका थिए। 

गएको जेठमा एक वर्षका लागि राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका पटवालले मासिक ७ हजार अमेरिकी डलर लिने सम्झौता भएको थियो। अहिले तलबमा असन्तुष्ट भएर राजीनामा दिइएका हल्ला चले पनि राजीनामाको खास कारण बुझिएको छैन। तर महत्वपूर्ण खेलअघि प्रशिक्षकको राजीनामाले टिममा असर गर्ने नै छ। 

आइसिसीमार्फत नियुक्त भएका उनले राजीनामा आइसिसीलाई नै बुझाएका हुन्। क्यान स्रोतले पनि राजीनामा बारेको जानकारी प्रष्ट रुपमा नआएको बताएको छ। ‘आइसिसी, राखेप र प्रशिक्षक पटवालबीच सम्झौता कुन रुपमा भएको थियो त्यो हामीलाई पनि थाहा भएन, अहिले राजीनामा बारे पनि अहिले हामीले बताउन सक्ने धेरै कुरा छैन’ क्यान स्रोतले भनेको छ।

के हो लिग-टु?
आइसिसी विश्व कप क्रिकेट लिग-टु सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने बाटो हो।

लिग-टु मा अहिले सात देश छन्। २०१९ को अगष्टबाट नै सुरु भएको यो लिग-टु मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्। जसमा अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले समान ८-८ खेल खेलिसकेका छन् भने, नामिविया, र युएईले समान ७-७ खेल खेलिसकेका छन्। यता ओमानले भने ६ खेल खेलेको छ। नेपालको भने ओमान र अमेरिकासँगको सिरिज नै पहिलो हो।

यसरी एउटा टिमले लिग-टु मा ३६ वटा खेल खेल्नेछ। लिग-टु बाट शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिधै स्थान बनाउने छन्।

बाँकी चार टिमले पनि विश्वकप छनोटमा प्रवेश गर्न अर्को मौका पाउने छन्। जसलाई आइसिसीले प्लेअफको नाम दिएको छ।

जहाँ लिग-टु बाट आएका ४ टिम र च्यालेन्ज लिगबाट आएका शीर्ष २ टिमसहित ६ टिमले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। २०२२ मा आयोजना हुने प्लेअफबाट शीर्ष २ टिम विश्वकप छनोट खेलमा प्रवेश गर्नेछन्।

विश्वकप छनोट २०२२ मा आयोजना हुनेछ। जहाँ सुपर लिगका पुछारका ५, लिग-२ बाट आएका ३ र प्लेअफबाट आएका २ राष्ट्र गरी १० टिमले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

सुपर लिगमा टेस्ट मान्यता प्राप्त १२ देश र नेदरल्याण्ड्स रहेका छन्। यस्तै च्यालेन्ज लिगमा आइसिसी वरियतामा २१ सहित ३२ औँ स्थानसम्म रहेका देशले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोटबाट विजेता र उपविजेता बन्ने टिमले मात्रै भारतमा सन् २०२३ मा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। विश्वकपमा १० टिमको सहभागिता रहने छ। 

थप तस्बिरमा मैदानकाे अवस्था

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्