• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उखु किसानले समर्थन मूल्य पाएनन्

भन्छन्- बिचाैलिया हावी भए
64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  ०९:००
1140x725

धनगढी- कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका-१० विकासवस्तीका उखु किसान राजेन्द्र रानाले ७१ क्विन्टल ४१ किलो उखु बिक्री गरे। उनले पुस २९ गते भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका थिए। सुगर इण्डष्ट्रिजले उनलाई २९ हजार ६ सय ३५ रुपैयाँ भुक्तानी गर्‍यो। राजेन्द्रले १५ कठ्ठा जग्गामा उखु खेती गरिरहेका छन्।

विकासवस्तीकै घुमन रानाले पनि भागेश्वर सुगर इण्डष्ट्रिजलाई ९९ क्विन्टल ९२ किलो उखु बिक्री गरे। उद्योगले उनलाई प्रतिक्विन्टल ३ सय ६३ रुपैयाँ ९७ पैसाका दरले ३६ हजार ३ सय ६८ रुपैयाँ भुक्तानी गरेको थियो।

घुमन र राजेन्द्रजस्तै अधिकांश उखु कृषकले सरकारको तोकेको समर्थन मूल्यभन्दा कममा उखु बिक्री गरेका छन्। सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ। कञ्चनपुरका अधिकांश उखु किसानहरुले महाकाली सुगर मिल र भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बिक्री गर्दै आएका छन्।

उखु किसानले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सोझै अनुदान पाउने व्यवस्था गरिएको छ। सुगर मिलहरुले सरकारले तोकेको समर्थन मूल्यमा अनुदानबापतको रकम घटाएर उखु किसानलाई भुक्तानी दिने गरेका छन्। किसानले अनुदानबापतको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयलबाट पाउने व्यवस्था गरिएको छ।

विकासवस्तीका उखु किसान रामस्वरुप रानाले काटेको उखु अहिले बारीमै थन्किँएको छ। उनले माघ ५ गते उखु काटेको बताए। तर, सुगर मिलले अझै उनको उखु खरिद गरेको छैन। किसान रामस्वरुपले भने, 'सुगर मिलले माग गरेपछि हामीले उखु काटेर ट्याक्टरमा लोड गरेर पठाउँछौं। सुगर मिलले माग गरेको एक हप्तामै उखु काटेर पठाउनका लागि तयार गरेको छु, तर मिलले लोड गर्नका लागि पर्चा नपाएका कारण आफ्नो पालो कुरेर बसेको छु।'

कञ्चनपुरका उखु किसानहरुले सुगर मिलले उखुको जातका आधारमा रकम भुक्तानी गरेको बताए। उखु किसान रामनाथ रानाका अनुसार अर्ली, जर्नल र रिजेक्ट गरी तीन जातका उखुका आधारमा भुक्तानी पाउने गरिएको छ। अर्ली जातको उखुलाई एक नम्बर मानिन्छ। सुगर मिलले अर्ली जातको उखुको प्रतिक्विण्टल चार सय ४० रुपैयाँ र जर्नलको चार सय १५ तथा रिजेक्ट जातको उखुको प्रतिक्विन्टल चार सय रुपैयाँका दरले भुक्तानी दिने गरेका छन्। उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष रमेश थापाले भने, 'हामीले अझै सरकारले निर्धारण गरेको नयाँ मूल्य पाएका छैनौं। हामीले पटकपटक यसबारे सुगर मिल व्यवस्थापनसँग छलफल गर्‍यौं, तर अझै हाम्रो माग पूरा भएको छैन।'

उखु किसान

भागेश्वर सुगर मिलका सञ्चालक शंकर बोगटीले छिट्टै सरकारले तोकेको उखुको समर्थन मूल्य लागू गर्ने क्रममा रहेको बताए। उनले सरकारले गत पुस १० गते उखुको समर्थन मूल्य तोकेको र पुस ११ गतेदेखि खरिद भएको उखुको समर्थन मूल्य अनुसारकै रकम भुक्तानी गरिने बताए। मिल सञ्चालक बोगटीले महाकाली र भागेश्वर सुगर मिलको संयूक्त बैठकले पुस ११ गतेदेखि सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गर्ने निर्णय गरेको जानकारी दिए।

तर, पुस २६ गतेदेखि माघ १० गतेसम्म उखु बिक्री गरेका किसानहरुले समर्थन मूल्य बराबरको रकम नपाएको बताए। मिल सञ्चालक बोगटीले दोस्रो किस्तामा किसानलाई समर्थन मूल्य बराबरको रकम उपलब्ध गराइने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सुगर मिलले समयमै उखु खरिद गर्दैन– किसान
कञ्चनपुरका अधिकांश किसानले सुगर मिलले समयमै उखु खरिद नगरेका कारण सास्ती भोग्नुपरेको बताएका छन्।

पुनर्बास नगरपालिका-१० का नाथे रानाले एक बिघामा लगाएको उखु खरिद गर्न ढिलाई भएका कारण अहिले जमिन बाझो राख्नुपर्ने बाध्यता भएको बताए। उनले अर्को एक बिघा जमिनमा तोरी लगाएका छन्। एक बिघा जमिनमा लगाएको मध्ये आधा बिघाको उखु समयमै बिक्री भए पनि बाँकी उत्पादन खरिदमा ढिलाई भएकाले बाझो राख्नु परेको उनले बताए।

अर्का उखु किसान टेकराज रानाले अहिले उखु काटिरहेको बताए। उनले भने, 'सुगर मिलले बल्ल माग गर्‍यो, त्यही भएर अहिले काटिरहेको छु। त्यसपछि जमिन बाझो राख्नु पर्ने बाध्यता छ। किसान टेकराजले सुगर मिलले मंसिर महिनाभित्रै उखु खरिद गरेको भए सो जमिनमा अरु बाली लगाउन पाउने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुनर्बासका अर्का उखु किसान रामस्वरुप रानाले उखु काटेर बारीमै थन्काएको बताए। उनले भने, 'सुगर मिलले मंसिरसम्म हाम्रो उखु खरिद गरेको भए अरु बाली लगाउन पाउथेँ। तर, माघको दोस्रो सातासम्म पनि मिलले उखु लगेको छैन। अब यो जमिन केही महिना बाझै राख्नु पर्ने बाध्यता छ।

उखु खरिद-बिक्रीमा बिचौलिया
कञ्चनपुर पुनर्बास नगरपालिका-१० विकासवस्तीका रामबहादुर रानाले एक साता लगाएर उखु काटे। ढिलो भएका कारण खेतमै उखु सुक्न लागेपछि उनी उखु बिक्रीबारे कुरा गर्न सुगर मिल गए। तर, सुगर मिलले उनलाई उखु काट्न भनेन।

‘एकातर्फ खेतमा उखु सुकिरहेको थियो, अर्कोतिर गहुँ लगाउने हतारो थियो,' रामबहादुरले भने, 'मैले उखु काटे। तर, करिब दुई सातासम्म पनि काटेको उखु खेतमै रह्यो।

अर्का उखु किसान जगतु रानाले पनि काटेको उखु खेतमै झारपातले छोपेर राखेका छन्। उनका अनुसार केही किसानले बिचौलियाको माध्यमबाट उखु बिक्री गरिरहेका छन्। बिचौलियामार्फत बिक्री गर्दा किसानले सही मूल्य पाउँदैनन्। ‘कतिपय किसानले बिचौलियामार्फत पनि उखु बिक्री गरेका छन्। तर, मैले कम मूल्यमा बिक्री गर्न चाहिन। परिणामस्वरुप मेरो उखु खेतमै थन्किएको छ,' उनले भने।

उनले धान, गहुँ सजिलै बजारमा लगेर बेच्न सकिने भएपनि उखु सुगर मिलमै बिक्री गर्नुको विकल्प नभएको बताए।

सुगर मिलले उखु किसानलाई प्रत्येक ट्याक्टर ट्रालीका लागि तौल पर्चा दिने गरेका छन्। स्थानीय किसानहरुले आवश्यकता अनुसारको तौल पर्चा नपाएकाले अझैसम्म पनि उखु काट्न नसकेको बताए।

विकासवस्तीका मायाराम रानाले पनि यस्तै अवस्था भोग्नु परेको बताए। उनले १४ कठ्ठामा उखु लगाएका थिए। उद्योगले तौल पर्चा नदिएपछि उनी बिचौलिया कहाँ पुगे। 'मैले बिचौलियालाई तीन सय रुपैयाँ प्रतिक्विन्टलका दरले उखु बेचेँ,' उनले भने। उनले किसानसँग आवश्यक तौल पुर्जी नभए पनि बिचौलियासँग जति भने पनि तौल पूर्जा उपलब्ध हुने गरेको दाबी गरे।

उखु किसान जगन्नाथ रानाले बिचौलियाका कारण किसानहरुले घाटा बेहोर्नु परिरहेको बताए। उनले भने, 'हामीलाई आवश्यक परेको बेला उखुको तौल पुर्जी पाइँदैन। तर, बिचौलियाले जतिबेला पनि तौल पुर्जी दिन्छन्।

जगन्नाथले भने, 'बिचौलियाले हामीसँग ३ सय रुपैयाँमा खरिद गर्छन् र, बढी मूल्यमा मिललाई बिक्री गर्दछन्।' पुनर्बास नगरपालिका विकासवस्तीका सयौं किसानले पुनर्बास १० पकरियामा उखुखेती गरिरहेका छन्। पकरिया क्षेत्रमा ३ सय ५० बिघामा उखु खेती भइरहेको छ। कञ्चानपुरमा १० हजार बढी बिघा जमिनमा उखु खेती हुने गरेको बताइन्छ।

भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रीजका प्रशासन अधिकृत डम्बर खड्काले बिचौलियालाई उखुको तौल पुर्जी नदिएको बताए। उनले भन, 'धेरै किसानले उखुखेती गरिरहेकोले हामीले केही बढी तौल पुर्जी वितरण गरेका होउलाँ, तर बिचौलियाको हातमा एउटा पनि पर्चा दिएका छैनौं।' उनले सुगर मिलको क्षमता दैनिक १५ देखि २० क्विन्टल उखु पेल्ने रहेको र किसानले त्यो क्षमताभन्दा बढी उखु काट्दा समस्या हुने गरेको बताए।

उनले भने, 'हामीले ७ स्थानमा उखु खरिद केन्द्र तोकेका छौं। सबै केन्द्रका लागि बराबर संख्यामा तौल पुर्जी वितरण गर्ने गरेका छौं, तर कहिलेकाही किसानले बढी उखु काटेपछि खरिदमा केही समस्या हुने गरेको छ।'

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्