काठमाडौं- बुद्ध एयरले पोखरा-विराटनगर उडान सेवा सुरु गरेको छ। सोमबारबाट बुद्धले पोखरा-काठमाडौं उडान सुरु गरेको जानकारी दिएको हो।
सातामा तीन दिन पोखरा-विराटनगर उडान गरिने बुद्धले जनाएको छ। सोमबार, शुक्रबार र बुधबार उडान गरिने छ।
पोखराबाट विराटनगरका लागि ११ बजेर ४५ उडान गरिने छ भने विराटनगरबाट १३ बजेर १० मिनेटमा उडान गरिने जानकारी बुद्धले दिएको छ।
नेपाली र भारतीय नागरिकका लागि ६ हजार २ रुपैयाँ एकतर्फी भाडा तोकिएको छ। अन्य देशका नागरिकका लागि भने १ सय ३० अमेरिकी डलर भाडा तोकिएको छ।
यो सँगै बुद्धले पोखराबाट ४ स्थानमा उडान भर्न थालेको छ। यसअघि नै बुद्धले पोखरा-काठमाडौ, पोखरा-भरतपुर र पोखरा-भैरहवा उडान सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।