काठमाडौं- सोमबार एकै दिन सेयर बजारमा सुरुमा केही घटेपनि अन्त्यमा भने सुधार देखिएको छ। बुलिस ट्रेन्डमा सेयर बजार धेरै अंकले बढ्ने र थोरै अंकले घट्छ।
विगत केही सातादेखि दोस्रो बजारमा यस्तै देखिँदै आएको छ।
आइतबार एकै दिन २१ अंकले सुधार भएकोमा सोमबार अधिकांश समय बजार रातो देखिएको थियो।
सुरुवाती कारोबारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा केही घटे पनि लगानीकर्ताको मनोबल उच्च हुँदा अन्तिम समयमा सेयर बजार २.४९ अंकले सुधार देखिएको हो।
अधिकांश समय रातो देखिँदा गएका दिनको भन्दा कारोबार रकम केही घटेको छ।
सोमबार दोस्रो बजारमा एक अर्ब ६१ करोड रुपैयाँको करोबार भएको छ।
जम्मा १७७ वटा कम्पनीको खरिद बिक्री हुँदा ६१ वटाको मूल्य मात्रै बढेको छ भने ८४ वटाको मूल्य घटेको छ।
नेको इन्स्योरेन्सको सबैभन्दा धेरै ६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।
सबैभन्दा धेरै गरिमा विकास बैंकको बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ।
बैंक, बीमा र अन्य कम्पनीको सूचकमा एकपटक सुधार भैसकेको छ।
सोमबार सबैभन्दा धेरै जलविद्युत कम्पनीको सुचकमा सुधार आएको छ।
सस्ता जलविद्युत कम्पनीको सेयर उठाउने लगानीकर्ता हाबी हुँदा यसको सूचकमा ४.८२ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।